मेची अस्पतालः स्टाफ नर्स शैक्षिक कार्यक्रम प्रक्रियामा

0
3

बिर्तामोड ।

झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा स्टाफ नर्स शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धित निकायको समन्वयमा आवश्यक प्रकृया अगाडि बढाइने भएको छ ।

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मेची अस्पतालमा स्टाफ नर्स शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रक्रिया अगडि बढाउने उल्लेख छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आवका लागि प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here