अपाङ्गताको सहारा बन्दै माई नगरपालिका

0
12

विमल दहाल, इलाम ।

इलाम माई नगरपालिका अपाङ्गता भएका ब्याक्तिको सहारा बन्दै गएको छ । अपाङ्गता भएका ब्याक्ति र संरक्षक परिवारका लागि नगरपालिका साहारा बन्दै गएको हो । अपाङ्गता भएका ब्याक्तिहरुको जीवन कष्टकर र कहाली लाग्दो हुन सक्ने भन्दै माई नगरपालिकाले “अपाङ्गता भएका ब्याक्तिहरुका लागि मनोपरामर्श तथा स्वास्थ्य परिक्षण कार्यक्रम एवम अपाङ्गता भएका ब्याक्तिहरु संग हेरचाहा सम्बन्धी अभिभावक अभिमूखिकरण कार्यक्रम” सञ्चालन गरिएको हो ।

नगरपालिकाले चालु आर्थिक बर्षमा यो कार्यक्रम माई नगरपालिका वडा नम्बर ३ बाट शुरु गरेको छ । माई नगरपालिकाले सञ्चालन गरेको कार्यक्रम अन्र्तगत अपाङ्गता भएका ब्याक्तिहरुका लागि हेरचाहामा बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

कार्यक्रम अन्र्तगत जेठ २१ गतेबाट जेठ २४ सम्ममा वडा नम्बर ३ भित्रका ४० जना अपाङ्गता भएका ब्याक्ति र परिवार संग भेटघाट गरिएको माई नगरपालिका महिला, बालबालिका शाखा प्रमुख बन्दना लुईटेलले जानकारी दिनुभयो । कार्यक्रम अन्र्तगत सबै अपाङ्गता भएका ब्याक्तिहरुको घरघरमा स्वास्थ्य परिक्षण, सामाजिक सुरक्षामा पहुँच, अपाङ्गता परिचय पत्र अद्ययावधिक अबस्था, स्वास्थ्य विमाको प्रभावकारिता तथा मनोसामाजिक समस्या,अवस्था र निराकरणमा जानकारी संकलन तथा सहजीकरण साथै सहयोगी सामाग्री बितरण लगायतका कार्य सम्पन्न गरिएको थियो ।

घरदैलो कार्यक्रमलाई आगामी बर्ष अन्य वडामा समेत सञ्चालन गरिने शाखाकी सिता भट्टुाराई दहालले बताउनुभयो । घरदैलो कार्यक्रममा कार्यपालिका सदस्य दल बहादुर शंकर, महिला बाल बालिका शाखाकी बन्दना लुईटेल, सिता भट्टुाराई दहाल, स्वास्थ्यकर्मी बबिता लुईटेल, प्रदिप शर्मा, बीरेन्द्र शाही, मनोपरामर्शदाताहरु संझना खड्का, विमल दहाल, कर्मचारी सरोज कडे, स्वास्थ्य स्यमसेविकाहरु लगायतको सहभागिता रहेको थियो ।

अपाङ्गता भएका ब्याक्तिकहरुका लागि नगरले प्राथामिता राखेर कार्य गर्ने माई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बिश्वकर्माले बताउनु भएको छ । विगत बर्ष देखिनै हेरचाहाका लगि उत्प्रेरणा कार्यक्रम अन्र्तगत अपाङ्गता भएका ब्याक्तिहरुलाई साहायक सामाग्री प्रदान, सिपमुलक तालिम, स्वास्थ्य उपचार सहयोग, निःशुल्क स्वास्थ्य विमा, पोषण सहयोग, बिऊ पुँजी अनुदान लगायत कार्यक्रम नगरपालिकाले सञ्चालन गर्दै आएको छ ।

यसैबीच माई नगरपालिकाको आर्थिक सहयोग र वडा स्तरीय अपाङ्गता स्वावलम्वन समुह वडा नम्बर ३ को आयोजनामा अपाङ्गता भएका ब्याक्ति र संरक्षकका लागि ३ दिने कपुरको कपुर धुप बनाउने तालिम सञ्चालन गरिएको छ । मंगलबारबाट शुरु भएको तालिममा ३० जना अपाङ्गता भएका ब्याक्ति र संरक्षकको सहभागिता रहेको समुहका अध्यक्ष चन्द्रादेबी बस्नेतले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here