मोरङका १७ पालिकाहरू मध्ये पथरीशनिश्चरेमा सबैभन्दा बढी बेरूजु

0
16

पथरीशनिश्चरे ।

मोरङको पथरीशनिश्चरे नगरपालिकामा एक अर्ब ३८ करोड ९८ लाख ३८ हजार रुपैयाँ मध्ये चार करोड ८९ लाख २५ हजारको लेखा परीक्षण भएको छ ।

पथरी शनिश्चरेको बेरुजु ३.५२ प्रतिशत देखिएको छ । जिल्लामा यो सबैभन्दा धेरै बेरुजु देखिएको पालिकामा परेको छ । महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनमा मोरङमा १७ पालिकामध्ये कम बेरुजु प्रतिशत भएको पालिकामा विराटनगर महानगरपालिका परेको छ ।

विराटनगर महानगरपालिकाको हालसम्मको छ अर्ब ८९ करोड ३१ लाख ६३ हजार रुपैयाँ रकम लेखापरीक्षण भएको हो । जसमा बेरुजु रकम भने सात करोड ११ लाख ५३ हजार अर्थात् १.०३ प्रतिशत मात्रै छ । सुन्दरहरैंचामा तीन अर्ब छ करोड ५६ लाख ८९ हजार लेखापरीक्षण गर्दा नौ करोड ९२ लाख ३८ हजार बेरुजु पुगेको छ ।

कानेपोखरी गाउँपालिकाको एक अर्ब ७७ करोड ८८ लाख ८४ हजार रुपैयाँको लेखापरीक्षण भइसक्दा बेरुजु रकम भने पाँच करोड ५३ लाख ४० हजार छ ।केराबारी गाउँपालिकाको बेरुजु चार करोड ३६ लाख ९८ हजार, जहदा गाउँपालिकाको चार करोड ४१ लाख ८३ हजार, उर्लाबारी नगरपालिकाको छ करोड ७६ लाख ९५ हजार, रंगेली नगरपालिकाको चार करोड ६३ लाख ५२ हजार,बेलबारी नगरपालिकाको तीन करोड ५९ लाख २ हजार बेरुजु देखिएको छ भने रतुवामाई नगरपालिकाको तीन करोड ४५ लाख ४० हजार, लेटाङ नगरपालिकाको तीन करोड ३५ लाख ५६ हजार, सुनवर्षी नगरपालिकाको दुई करोड ७१ लाख १० हजार रुपैयाँ बेरुजु रहेको छ ।

कटहरी गाउँपालिकाको दुई करोड ५७ लाख ३५ हजार, ग्रामथान गाउँपालिकाको दुई करोड १८ लाख ५९ हजार, धनपालथान गाउँपालिकाको चार करोड छ लाख २० हजार, बुढीगंगा गाउँपालिकाको तीन करोड ७२ लाख ७८ हजार र मिक्लाजुङ गाउँपालिकाको बेरुजु चार करोड ४५ लाख १५ हजार रुपैयाँ रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । उक्त बेरुजु रकम स्थानीय तहको गठन भए यताको सात वर्षमा कायम भएको रकम हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here