टीका भैरुङ आविमा नौ जना विद्यार्थी

0
10

युद्धबहादुर बोहोरा,
पाँचथर।

फाल्गुनन्द गाउँपालिका –५ कोप्चेमा रहेको टीका भैरुङ आधारभूत विद्यालयमा विगतभन्दा यस शैक्षिक सत्रमा विद्यार्थी संख्या उल्लेख्य सुधार भएको छ । गत शैक्षिक सत्रमा विद्यार्थी संख्या शून्य भएकै कारण बन्द हुने परिस्थिति बनेको विद्यालयले यसपटक विद्यार्थी संख्या नौ जना पु¥याएको छ ।

सरोकारवाला, स्थानीयवासी, विद्यालय परिवार, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघलगायतको प्रयासबाट विद्यालयलाई जीवित राख्न सफल भएको प्रधानाध्यापक हर्कबहादुर चेम्जोङले बताए । विद्यालयलाई जीवित राख्न यसै विद्यालयका पूर्व विद्यार्थी हाल दक्षिण कोरियामा कार्यरत लोकेन, अर्जुन, कुशल, युगल र कृष्ण चेम्जोङसहित पाँच जनाले २५ हजार रुपैंयाँ सहयोग गरेको प्रअ चेम्जोङले जानकारी दिए ।

समाजसेवी तथा शिक्षक वीरनरसिंह चेम्जोङको विशेष पहलमा वैदेशिक रोजगारमा रहेका युवाले गरेको सहयोगबाट विद्यार्थीलाई ट्रयाकसुट, ट्राउजर, भेष्ट, जुत्ता, व्याग, रेनकोटसहित अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने शैक्षिक सामग्री एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको छ ।

त्यस अवसरमा सरोकारवालाहरुले सहयोगी हातबाट आफ्नो गाउँको ग्रामीण क्षेत्रका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले पठाएको नगदबाट विद्यालयलाई राहत मिलेको बताए । विद्यालयको जम्मा दुई रोपनी क्षेत्रफल रहेको छ । उक्त जग्गा स्वर्गीय बलहाङ नेम्बाङले उपलब्ध गराएका हुन् । केही भवन जीर्ण अवस्थामा रहेकाले मर्मतको आवश्यकता रहेको छ भने घेरावारा, व्यवस्थित शौचालय, पिउने पानीको व्यवस्था मिलाउनु पर्ने जनाइएको छ ।

एक दरबन्दी, बाल बिकास र कार्यालय सहयोगीसहित हाल तीन कक्षासम्म पठनपाठन भइरहेको विद्यालयलाई पाँच कक्षासम्म पु¥याउन पहल शुरु गरिएको व्यवस्थापन समिति अध्यक्ष चेम्जोङले बताए । २०२६ सालमा स्थापना भएको यस विद्यालयमा स्थापना कालदेखि हालसम्म २१ जना शिक्षक, १० जना प्रधानाध्यापक र १० जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सेवा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here