टायल्स तथा मार्बल ब्यवसायी संघ झापाले पूर्णता पायो, अध्यक्षमा कुशल

0
7

झापा, टायल्स तथा मार्बल ब्यवसायी संघ झापाले पूर्णता पाएको छ । ब्यवसायीको हितका लागि गठित मार्बल ब्यवसायी संगठित हुँदै संघलाई पूर्णता दिएका हुन् ।
बिर्तामोडस्थित कला डिजाइन एण्ड इन्टेरियर सप्लायर्सका सञ्चालक समेत रहेका कुशल खतिवडाको अध्यक्षतामा गठित संघले पूर्णता पाएको हो । खतिवडा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव समेत रहेका छन् ।


त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा विजयकुमार गोयल, उपाध्यक्षमा जय प्रकाश सिटौला र सोम खनाल रहेका छन् ।
त्यस्तै सचिवमा बलदेव योगी सह सचिवमा बिक्रम खरेल र कोषाध्यक्षमा मदन अग्रवाल रहेका छन् । यसैगरी संघको सदस्यमा सुसन प्रसाई, तुलसी उप्रेती, भानुभक्त अधिकारी, राम सिटौला, चन्द्र प्रसाद भट्टराई रहेका छन् ।
यसैगरी नेत्रप्रसाद विमलीको संयोजकत्वमा सल्लाहकार समिति गठन भएको छ । समितिको सदस्यहरुमा श्याम लम्साल र अजय नाटा रहेका छन् ।
झापामा एक सय बढी मार्वल ब्यवसायी रहेको बताइएको छ । गठित समितिले व्यवसायीको हितका लागि काम गर्ने जनाइएको छ ।
यसैबीच बिर्तामोड उद्योग वाणिज्य संघले एक सक्षिप्त कार्यक्रमको आयोजना गर्दै टायल्स तथा मार्बल ब्यवसायी संघ झापाको अध्यक्षमा संघका महासचिव खतिवडा चयन भएको भन्दै बधाई ज्ञापन गरेको छ ।


बिर्तामोडस्थित संघको कार्यालयमा संघका महासचिव खतिवडा सहित टायल्स तथा मार्बल ब्यवसायी संघ झापाका सबै पदाधिकारी र सदस्यहरुमा संघका अध्यक्ष राजु न्यौपाने सहितका व्यवसायीले बधाई ज्ञापन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here