एमाले नेता तथा प्रदेश सांसद पाठक अस्पताल भर्ना

0
34

बिर्तामोड।

नेकपा एमालेका नेता तथा कोशी प्रदेश सभा सदस्य चिन्तन पाठक अस्पताल भर्ना भएका छन् ।

फोक्सोमा संक्रमणका कारण अस्वस्थ भई पाठक अस्पताल भर्ना भएका हुन् । हाल उनको भारत सिलगुढीस्थित निबिदिता नर्सिङ होममा उपचार भइरहेको छ । झापा बुद्धशान्ति निवासी पाठक सामान्य फलोअपमा उक्त अस्पताल पुगेका थिए ।

‘सामान्य फलोअपका लागि आएको थिएँ,हिजो सीटी स्क्यान गरेपछि रिपोर्ट असामान्य देखियो अनि डाक्टरको सल्लाहमा अस्पताल भर्ना भएँ’–पाठकले पूर्वाञ्चललाई बताए ।

डा. सीपी शर्माको टिमले पाठकको उपचार गरिरहेको छ । गत प्रदेश सभा निर्वाचनताका पनि पाठक सोही समस्याका कारण अस्पताल भर्ना भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here