बर्देश्वरमा सम्पन्न भएको महायज्ञको आय–व्यय सार्वजनिक

0
10

अर्जुनधारा ।

झापाको अर्जुनधारा–३ खुदुनाबारीस्थित बर्देश्वर शिवालय मन्दिरमा गत चैत २६ देखि वैशाख ३ गतेसम्म सञ्चालन भएको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष युवनाथ पौडेलको अध्यक्षतामा मन्दिर परिसरमा शनिबार आयोजित कार्यक्रममा महायज्ञ मूल आयोजक समारोह समितिका संयोजक टंकप्रसाद आचार्यले महायज्ञको आय–व्यव विवरण सार्वजनिक गरेका थिए ।

प्रस्तुत विवरण अनुसार जम्मा आम्दानी १४ लाख ६७ हजार नौ सय तीन रुपैयाँ ३७ पैसा, जम्मा खर्च पाँच लाख ३९ हजार एक सय ४० रुपैयाँ र बैंक मौज्दात नौ लाख २८ हजार सात सय ६३ रुपैयाँ ३७ पैसा रहेको छ । त्यसैगरी विवरणमा उठ्न बाँकी रकम तीन लाख छ हजार सात सय ५५ रुपैयाँ उल्लेख गरिएको छ ।

मन्दिरको जीर्णोद्धार तथा अक्षयकोषको स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञबाट भएको बचतलाई अक्षयकोष स्थापना तथा मन्दिरको लागि आवश्यक जमिन व्यवस्थापनमा लगानी गरिने अध्यक्ष पौडेलले जानकारी दिए ।

२०४६ सालमा स्थापना भएको उक्त मन्दिरको प्रदेश सरकारबाट प्राप्त १० लाख र अर्जुनधारा नगरपालिकाबाट प्राप्त पाँच लाख रुपैयाँको लागतमा हाल जीर्णोद्धारको कार्य भइरहेको छ । जीर्णोद्धारको कार्य पूर्णरुपमा सम्पन्न गर्न आवश्यक स्रोत जुटाउन सबै लाग्नुपर्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

कार्यक्रममा महायज्ञ आर्थिक समितिका संयोजक लोकमान श्रेष्ठ, सुखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मंगलसिंह लिम्बू, कैलाश श्रेष्ठलगायतले आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन सचिव शिवलाल सेढाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here