पथरीमा लागूऔषध विरूद्ध अभियान

0
4

छविराज ढकाल,पथरीशनिश्चरे ।

मोरङको पथरीशनिश्चरे तेक्वान्दो डोजाङले लागूऔषध विरूद्ध अभियान संचालन गरेको छ। शनिबार डोजाङले ‘से नो टु ड्रग्स’भन्ने मुख्य नाराका साथ पछिल्लो समय बढ्दो रूपमा रहेको लागु औषध दुर्व्यवसनी विरूद्ध सो अभियान संचालन गरेको हो।

पथरीशनिश्चरे डोजाङका प्रमुख कैलाश राईले अहिलेको समयमा युवा वर्गहरूमा बढ्दै गएको लागूऔषध दुर्व्यवसनी विरूद्ध सचेतना फैलाउने उदेश्यले यो अभियान संचालन गरिएको बताउनुभयो।

अभियानमा पथरीशनिश्चरे नगरका विभिन्न विद्यालयहरूमा अध्ययन गरीरहेका १ सय ५० बढि तेक्वान्दो दोजाङ सिक्दै आएका बाल बालिका खेलाडीहरूले पथरी बजारका विभिन्न चोक र स्थानहरूमा ‘से नो टु ड्रग्स’ लेखिएका प्लेकार्ड सहित नेपालको राष्ट्रिय झण्डा, व्यानर बोकेर र्यालीमा निस्किएका थिए। उनीहरूले ‘लागूऔषध दुर्व्यसनी बाई बाई,’ तेक्वान्दो हाई हाई, लागुऔषध बन्द गर जस्ता नारा लगाएका थिए। पथरी बहुमुखी क्याम्पसदेखि निस्किएको र्यालीले यलम्बर चोक, पथरी बजारको पूर्व पश्चिम राजमार्ग , मन्दिर लाईन, नगरपालिका रोड हुँदै पुनः पथरी बहुमुखी क्याम्पसको सभाहलमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो।

औपचारिक कार्यक्रम संविधान सभाका सभासद चण्डी प्रसाद राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि राईले लागुऔषध दुर्व्यसनी विरूद्ध सचेतना कार्यक्रम आयोजना गरिएकोमा प्रशंसा गर्नुहुँदै खेलकुदले मात्रै बालबालिका भोलिका कर्णधार राष्ट्र निर्माणको लागि योग्य बनाउन सक्ने औंल्याउनुभयो।

पथरीशनिश्चरे तेक्वान्दो दोजाङ समितिका जोन सुब्बाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा तेक्वान्दो खेलाडीहरूले विभिन्न खेल प्रदर्शनी गरेका थिए। सो अवसरमा तेक्वान्दो खेलाडी प्रताप राईले-‘रातो र चन्द्र सूर्य…’ देशभक्ति गीत प्रस्तुत गरेका थिए भने सुन्दर नृत्य पनि प्रस्तुत गरिएको थियो। पथरीशनिश्चरे तेक्वान्दो दोजाङ प्रमुख कैलाश राई, र्यालीका संयोजकद्वय कुशल तामाङ र आकाश राई , जुनतारा बोर्डिङ्ग स्कूलका चित्रबहादुर गुरुङ लगायतका अतिथिहरूले उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here