देवभूमि विद्यापीठ स्कुलको ‘गट ट्यालेन्ट’ कार्यक्रम सम्पन्न

0
33

बिर्तामोड ।

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ को देवभूमी विद्यापीठ इग्लिस बोडिङ स्कुलले ‘गट ट्यालेन्ट २०८१’ कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयले शनिवार बिर्तामोडमा आयोजना गरेको गट ट्यालेन्ट कार्यक्रम सम्पन्न गरेको हो ।

अध्ययनसँगै बिद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागीता गराउँदै आएको देवभूमीले अभिभावकसहित बिर्तामोडमा ‘गट ट्यालेन्ट’ कार्यक्रम आयोजना गरेको थियो । बालबालिकामा रहेको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउने उदेश्यले बिद्यालयले बिभिन्न अतिरिक्त क्रियाकलाप गराउदै आएको छ ।

गट ट्यालेन्ट कार्यक्रम अन्तरगत बिद्यार्थीहरुले नृत्य, गायन, अभिनय, अग्रेजीमा स्पीच, कराँते प्रस्तुती, कविता, उसुको कला प्रस्तुती, चित्रकला, नेपाली वतृत्व, सो डान्सलगायतका बिधामा आ–आफ्नो प्रस्तुती दिएका थिए ।

गट ट्यालेन्ट कार्यक्रमको प्रथम स्वप्निल चौहान, दोस्रो आलोक तिम्सिना र तेस्रो रिवान खतिवडा भएका छन् । गट ट्यालेन्टमा पहिलो, दोस्रो र तेस्रो हुने बिद्यार्थीलाई सम्मानसहित ट्रफी प्रदान गरिएको थियो ।

बिद्यालयले अध्ययानसँगै बिद्यार्थीको क्षमता तथा नेतृत्व विकास गराउने उदेश्यले बिभिन्न बिधामा अतिरिक्त क्रियाकलाप गराउँदै आएको बिद्यालयका संस्थापक तथा अध्यक्ष सुमन शर्मा जमरकट्टेलले जानकारी दिए ।

स्कुलका संस्थापक तथा अध्यक्ष सुमन शर्मा जमरकट्टेलको अध्यक्षतामा भएकोे कार्यक्रममा गोमेन्द्र बहुमुखी महाबिद्यालयका प्रमुख डा. रुपक खनालको प्रमुख आतिथ्य रहेको थियो । स्वागत स्कुलका प्रिन्सिपल सन्तोष पौडेलले गरेको कार्यक्रमको सञ्चालन शिक्षक समिर नेपालले गरेका थिए भने गट ट्यालेन्ट कार्यक्रमको सञ्चालन बिद्यार्थीले नै गरेका थिए ।

कार्यक्रममा प्याब्सन अर्जुनधारा नगर अध्यक्ष रुद्रप्रसाद सिटौला, अर्जुनधारा जेसीज अध्यक्ष बसन्त बुढाथोकी, प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनाल, नेल्टा झापाका प्रमुख सल्लाहकार धमेन्द्र भट्टराई (मामा) लगायतको आतिथ्य रहेको थियो ।

गट ट्यान्ट कार्यक्रम अघि शिक्षक तथा अभिभावक साथै कक्षा ५ देखि १० सम्मका बिद्यार्थीलाई पनि सकारात्मक उर्जासम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । मोटिभेसनल स्पीकर डा. ताराप्रसाद गिरी (तारा जी) ले अभिभावकलाई उत्प्रेरणा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कक्षा नर्सरीदेखि १० सम्म अध्यापन हुने बिद्यालयमा ५२७ जना बिद्यार्थी अध्ययनरत रहेका छन् भने ४५ जना शिक्षक तथा कर्मचारी रहेको अध्यक्ष जमरकट्टेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here