बेरुजु घटाउँदै बिर्तामोड

0
6

बिर्तामोड ।

बिर्तामोड नगरपालिकाको अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको बताइएको छ ।

महालेखा परीक्षकको कार्यालयले जेठ १३ गते सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७९/०८० को बेरुजु ४.५४ प्रतिशत छ । यो आर्थिक वर्ष ०७८/०७९ को प्रतिवेदन अनुसार ७.५८ प्रतिशतले कमी हो । उक्त आर्थिक वर्षमा बिर्तामोडको बेरुजु १२.१२ प्रतिशत उल्लेख थियो ।

२४ करोड ६० लाख १६ हजार रहेको अघिल्लो आर्थिक वर्षको वेरुजु रकम घटेर १२ करोड ९५ लाख ४१ हजार रुपैयाँमा आएको नगरका लेखा अधिकृत तेजिन्द्र तामाङले जानकारी दिए । बिर्तामोडमा सैद्धान्तिक बेरुजु, नियमित गर्नु पर्ने बेरुजु, प्रमाण पेश गर्नु पर्ने बेरुजु, असुलउपर गर्नु पर्ने र पेश्की बेरुजु लगायतका बेरुजु देखिएका छन् ।

अघिल्ला वर्षहरुमा भन्दा बेरुजु रकम घटाउँदै लगिएको र यसलाई शून्यमा झार्ने रणनीतिका साथ काम भइरहेको नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here