दहीझोडा सामुदायिक वनद्वारा हलोजुवा र स्वास्थ्य सामग्री वितरण

0
13

अर्जुनधारा ।

झापाको अर्जुनधारा–४ स्थित दहीझोडा सामुदायिक वन उपभोक्ता समूहले आइतबार एक कार्यक्रमकोबिच हलोजुवा र स्वास्थ्य सामग्री वितरण गरेको छ ।

“उपभोक्तासँग सामुदायिक वन कार्यक्रम” अन्र्तगत परम्परागत खेती प्रणालीको प्रबद्र्धन तथा संरक्षण गर्ने उद्देश्यले कृषक उपभोक्ताहरुलाई निःशुल्क हलोजुवा र उपभोक्ता क्षेत्रभित्र स्वास्थ्यको क्षेत्रमा कार्यरत् रहेका स्वास्थ्य संस्था तथा महिला स्वयंसेवीहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको अध्यक्ष टेकनाथ अधिकारीले जानकारी दिए ।

कार्यक्रममा एक सय थान हलो, एक सय थान जुवा, छ थान बिपी सेट र छ थान थर्मोमिटर वितरण गरिएको थियो । समूहका अध्यक्ष अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, वडाध्यक्ष अम्बरबहादुर कटुवाल, कनकाई सब डिभिजन वन कार्यालयका रेञ्जर सुरेशकुमार खनाललगायतले उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

समूह अन्र्तगत रहेको ३० वटा टोलबाट सिफारिस भएका एक सय जना उपभोक्तालाई हलोजुवा तथा अर्जुनधारा–४स्थित अर्जुनधारा स्वास्थ्य चौकी, अर्जुनधारा–५स्थित स्वास्थ्य संस्थासँगै महिला स्वयंसेविकाहरु अमृता बस्नेत, कुसुम अधिकारी, विनिता पराजुली र सुशिला भट्टराई खतिवडालाई बिपी सेट र थर्मोमिटर वितरण गरिएको थियो ।

सोही कार्यक्रममा समूहका अति विपन्न तीन परिवारलाई निःशुल्क तीन वटा खाट पनि वितरण गरिएको बताइएको छ । कार्यक्रममा जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष लक्ष्मीराम शर्मा, समूहका सल्लाहकार सदस्यद्वय खगेन्द्र सुब्बा र शकुन्तला घिमिरेलगायतले मन्तव्य राखेका थिए ।

अध्यक्ष अधिकारीले कार्यक्रमको औचित्य तथा उपाध्यक्ष अर्जुन बस्नेतले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव सीताराम पराजुलीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here