लायन्स मनराम प्रतिष्ठान २००५ द्वारा शैक्षिक सामग्री वितरण

0
10

अर्जुनधारा ।

झापाको बिर्तामोड–१० स्थित लायन्स मनराम प्रतिष्ठान २००५ नेपालले अर्जुनधाराका दुई वटा सामुदायिक विद्यालयमा आइतबार एक कार्यक्रमकोबिच शैक्षिक सामग्री वितरण गरेको छ ।

अर्जुनधारा–९ स्थित कालिस्थान माध्यमिक विद्यालय र अर्जुनधारा–१०स्थित सिंहवाहिनी आधारभूत विद्यालयमा वितरण गरिएको शैक्षिक सामग्रीहरु नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको पहलमा प्रतिष्ठानले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत वितरण गरेको संस्थापक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिष्ठानका प्रतिनिधि वसन्त पौडेलका अनुसार कालिस्थान माविमा २३५ जना विद्यार्थीका लागि १७ सय वटा कपि, नौ सय वटा बलपेन, दुई सय ७५ वटा पेन्सिल, एक सय वटा इरेजर र एक सय वटा सार्पनर वितरण गरेको छ ।

त्यसैगरी सिंहवाहिनी आविमा पाँच सय ६६ वटा कपि, एक सय ५० वटा बलपेन, पाँच सय वटा पेन्सिल, दुई सय वटा इरेजर र दुई सय वटा सार्पनर वितरण गरेको बताइएको छ । सन् २००२ मा मनराम गु्रप स्थापना गरि विभिन्न उद्योग, कम्पनी, फार्म सञ्चालन गर्दै आएको प्रतिष्ठानले देशको ७७ वटै जिल्लामा पुस्तकालय स्थापना गरेको संस्थापक श्रेष्ठले दावी गरेका छन् ।

उनले नाफाको केही प्रतिशत शिक्षासँगै स्वास्थ्य क्षेत्रमा लगानी गर्दै आएको प्रतिष्ठानले हाल संखुवासभा, धनकुटा, ते¥हथुम, पाँचथर, इलामलगायतका जिल्लालाई सामाजिक कार्य सञ्चालनको लागि प्राथमिकतामा राखेको बताए ।

संस्थापक अध्यक्ष श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख तामाङ, अर्जुनधारा–१०का वडाध्यक्ष भूपेन्द्र न्यौपानेलगायतले शैक्षिक सामग्रीहरु विद्यार्थीलाई हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन शिक्षक गंगा पोखरेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here