सिक्कलले टाउकोमा प्रहार गर्दा…

0
4

भोजपुर ।

आफ्नै आमाको हत्या आरोपमा भोजपुर अरुण गाउँपालिका–४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङ पक्राउ परेका छन् ।

उनले आमा ६८ बर्षीया निरकुमारी तामाङलाई धारिलो हतियार सिक्कलले टाउकोमा प्रहार गरी हत्या गरेका थिए ।

घटना भए लगतै अस्थायी प्रहरी पोस्ट चरम्बी र इलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट प्रहरी टोलीले छोरा मिलनलाई पक्राउ गरेको थियो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here