काँकरभिट्टा खानेपानीः अध्यक्षमा बुढाथोकी निर्वाचित

0
4

मेचीनगर ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा रोहित बुढाथोकी निर्वाचित भएका छन् ।

उनले १९९१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । उनको निकटतम् प्रतिष्पर्धी सन्तोष आचार्यले १८०८ मत प्राप्त गरे । उनीहरुको १८३ मतान्तर रहेको छ । उपाध्यक्ष पदमा गोविन्द गिरी बिजयी भएका छन् । उनले २२६२ मत प्राप्त गरे ।

उनका निकटतम् प्रतिष्पर्धी राजु दाहालले १२१९ मत प्राप्त गरेका छन् । उनीहरुको मतान्तर १०४३ रहेको छ । सचिव पदमा विशाल तामाङ १७४५मत प्राप्त गरेर बिजयी भएका छन् । उनका निकटतम् प्रतिष्पर्धी दिलीप सुब्बाले १६६३ मत प्राप्त गरे ।

चुनावमा नेकपा एमालेको नेतृत्वमा जसपासहितको एउटा गठबन्धन बनेको थियो भने नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओबादी केन्द्र र राप्रपालाई समेटेर अर्को गठबन्धन बनेको थियो । रास्वपा एक्लैले चुनाव लडेको थियो । एमाले नेतृत्वको प्यानलबाट ८ जना बिजयी भएका छन् । कांग्रेस नेतृत्वको प्यानलबाट ४ जना बिजयी भएका छन् । रास्वपाले अपेक्षाकृत राम्रै मत सुरक्षित गरेको छ । दलगत आधारमा एमालेले ६ पद, कांग्रेसले ३ पद, जसपाले २ पद र राप्रपाले १ पद प्राप्त गरेको छ ।

चुनावमा थोरै मतान्तरले एमालेका तर्फबाट अध्यक्ष उम्मेदवार सन्तोष आचार्यले पराजय व्यहोर्नुपरेको छ । पार्टी नेतृत्वले केन्द्रीय सत्ता गठबन्धनमा सहकार्य गरिरहेको राजनीतिक सहयात्री नेकपा माओबादी र रास्वपालाई आफ्नो गठबन्धनमा समावेश गर्न नसक्नु नै कमजोरी भएको विश्लेषण हुन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here