अर्जुनधारामा चैते धान बालीको अनुगमन तथा निरीक्षण

0
10

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा कृषि विज्ञहरुको संयुक्त टोलीबाट गत वर्ष नगरको विभिन्न क्षेत्रमा लगाइएको चैते धान बालीको बुधबार अनुगमन तथा निरीक्षण गरिएको छ ।

संस्थाले चैते धान बाली बीज वृद्धि कार्यक्रम अन्र्तगत अर्जुनधारा–२, ४, ५, ७ र १० नं. वडाको एक सय हेक्टर क्षेत्रफलको जमिनमा चैते धानको मूल बीज चैते–५ र हर्दिनाथ–१ धान लगाएको संस्थाका अध्यक्ष प्रत्युस आजाद रानाले जानकारी दिए ।

सोही कार्यक्रमको लागि धान बाली कटाई अघिको निरीक्षण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको अध्यक्ष रानाले बताए । “अहिलेसम्मको अवस्थामा सबै बाली राम्रो भएको हुँदा आगामी वर्षको लागि एक लाख ५० हजार केजी उन्नत र ५० हजार प्रमाणित बीज उत्पादन हुने विश्वास लिएका छौं ।”–उनले थप आफ्नो भनाई राखे ।

अध्यक्ष रानाका अनुसार बीज वृद्धि कार्यक्रमको लागि सहयोगी संस्थाहरु अर्जुनधारा नगरपालिका अन्र्तगत कृषि विकास शाखाले ६० हेक्टर, जुटबाली अनुसन्धान कार्यक्रम इटहरीले २५ हेक्टर र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई झापाले १५ हेक्टरको लागि धानको बीऊ तथा नगद उपलब्ध गराएको बताइएको छ ।

अनुगमन तथा निरीक्षण टोलीले अर्जुनधारा–४ र ७का कृषकहरु केदार खड्का, लीलाबहादुर कटुवाल, रीतादेवी कार्की, मदनराज भट्टराईलगायतको धान बालीको अनुगमन तथा निरीक्षण गरेको थियो ।

टोलीमा जुटबाली अनुसन्धान कार्यक्रम प्रमुख सन्तोष त्रिपाठी, धान बाली विज्ञ सुजन कार्की, बीऊ विजन प्रयोगशाला झुम्काकी खडा बाली निरीक्षक फूलकुमारी चौधरी, कृषि विकास शाखा प्रमुख एञ्जिला बेडारी, संस्थाका सदस्य खेम काफ्ले लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here