कोशी प्रदेश सरकारको सहयोगले व्यावसायिक बन्दै पाँचथरका युवा: कृषि विकासमा २५ करोड अनुदान

0
63

जीतबहादुर भण्डारी (जीतेन्द्र)
पाँचथर । परम्परागत रुपमा पुख्र्यौली कृषि पेशा गर्दै आएका जिल्लाका किसानहरुले विगतमा प्राविधिक सेवा, परामर्श अनि कृषि उपजको बजारीकरण जस्ता समस्यामा भरपर्दो सहयोग पाइरहेका थिएनन् । पाए पनि सीमित रुपमा थियो, सबैको पहुँच हुँदैन थियो ।


मुलुक संघीय संरचनामा गएपछि भने स्थानीय सरकारहरु पनि बलिया भए । स्थानीय सरकारका रुपमा पालिकाहरु अनि नजिकको अर्को सरकारका रुपमा प्रदेश सरकार अस्तित्वमा आएपछि उनीहरुलाई सहयोग पुग्ने धेरै कामहरु भएका छन् । सहयोग पाएपछि कृषकहरु व्यावसायिक बन्न थालेका छन् । कोशी प्रदेश सरकारले पूर्वी पहाडी जिल्ला पाँचथरका कृषकहरुलाई सहयोग पु¥याएपछि कृषकहरु दंग परेका छन् । प्रदेश सरकार अन्तर्गत उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र फिदिम, पाँचथरमार्फत् कृषकहरुलाई विभिन्न अनुदान दिएर कार्यक्रम प्रदान गरेपछि कृषकहरु उत्साहित बनेका हुन् ।


कृषि ज्ञान केन्द्र पाँचथरबाट मात्रै कृषकहरुले ५ वर्षको अन्तरालमा २५ करोड ७५ लाख रुपैयाँको अनुदानमार्फत् कार्यक्रम पाएका छन् । आर्थिक वर्ष २०७६÷०७७मा ५ करोड ९७ लाख रुपैयाँ, आव ०७७÷०७८मा ४ करोड ६४ लाख रुपैयाँ, ०७८÷०७९ मा ८ करोड ६३ लाख रुपैयाँ,०७९÷८० मा ४ करोड ५६ लाख रुपैयाँ, अहिलेको आव ०८०÷०८१ मा १ करोड ९५ लाख रुपैयाँ रकमको अनुदान कृषकहरुलाई दिइएको छ । हिलिहाङ गाउँपालिका–७का डिल्लीराम रिजालले यसअघि कुनै पनि कार्यालयबाट कृषि क्षेत्रमा ब्यावसायिक रुपमा लाग्दा समेत अनुदान पाएका थिएनन् । उनलाई कृषकहरुले पनि अनुदान पाउँछन् भन्ने समेत थाहा थिएन । तर, उनले गत आ.व. ०७६÷०७७मा कृषि ज्ञान केन्द्र पाँचथरले अनुदानमार्फत् विभिन्न कार्यक्रम कृषकहरुलाई दिइने सूचना थाह पाए । त्यसपछि उनले पनि कार्यालयमा गएर राजमार्ग लक्षित तरकारी खेती कार्यक्रम गर्ने प्रस्ताव पेश गरे ।

प्रस्ताव राम्रो लागेर कार्यालयले पनि उनको प्रस्तावनालाई छनौट गरिदियो । छनौटमा परेपछि उनले २ लाख रुपैयाँको अनुदान रकम पाए । उक्त रकमबाट उनले ५ वटा प्लाष्टिक टनेल, ३ वटा प्लाष्टिक पोखरी, सिञ्चाई गर्न पाइप खरिद गरे । जसले गर्दा उनले खेती गरेको तरकारी बालीमा ठूलो सहयोग पुग्यो । आव ०७९÷०८०मा प्याज खेती प्रवद्र्धन कार्यक्रम गर्नका लागि १ लाख रुपैयाँ रकम अनुदान प्राप्त गरे । त्यसबेला पनि उनले २ वटा प्लाष्टिक पोखरी, सिँचाईको लागि पाइप, बीऊ खरिद गरी काम गरे । उनलाई त्यो अनुदान रकमले कृषि क्षेत्रमा काम गर्न धेरै सहज भएको छ । कृषक रिजाल भन्छन्– ‘आफैँले गर्न पैसा थिएन तर कोशी प्रदेश सरकारले कृषि ज्ञान केन्द्र पाँचथरमार्फत् अनुदान रकम दियो । त्यसले प्याज, गोलभेँडा खेती तथा तरकारी खेती गर्न हामीलाई सहज भएको छ ।’ अहिले उनले उत्पादन गरेको गोलभेँडा, प्याज बारीमै आएर व्यापारीले उठाएर लैजाने गरेका छन् । उनले सबै खर्च कटाएर वार्षिक ३ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् । उनले कृषि क्षेत्रमै छोराछोरीलाई पनि कृषि प्राविधिक सम्बन्धी विषय नै पढाएका छन् । छोरीलाई आइएसी एजी गरेर बिहे गराइदिए । यस्तै, छोरा किशोरलाई जेटिए पढाए । अहिले उनी हिलिहाङ गाउँपालिकामै जागिर खाइरहेका छन् । उनी भन्छन्– ‘हामीलाई प्रदेश सरकारले कोल्ड स्टोर निर्माण गरिदिनुप¥यो, जसले गर्दा हामीले भाउ आएको बेला मात्रै तरकारी बिक्री गर्न सक्छौं, राज्यले अनुदानमार्फत् सामान तथा रकम त दियो, हामी खुशी नै छौँ तर अब हामीले उत्पादन गरेको कृषि उपजका सामानहरु पनि राज्यले नै लगिदिए अझ राम्रो हुने थियो ।’ कृषकहरुलाई दीर्घकालीन रुपमा गरिने खेती– कफी, चिया, सजिना जस्ता बिरुवाका लागि सरकारले सहयोग गर्नुपर्ने, कृषकलाई वर्गीकरण गरी पेन्सनको व्यवस्था, कृषि उत्पादनका वस्तुहरुको बिमा, कृषक बिमा जस्ता कार्यक्रम प्रदेश सरकारले ल्याइदिए धेरै सहयोग पुग्ने उनको भनाइ छ । तीन वर्ष साउदीअरब र एक वर्ष मलेसिया बसेर पाँचथरको कुम्मायक गाउँपालिका वडा–४ रानीगाउँका रोमन चौलागाँई घर फर्किए । उनले विदेशमा गएर सिकेको सिप अहिले घर गाउँमा आएर प्रयोगमा ल्याएका छन् ।

कोशी प्रदेश सरकार (कृषि ज्ञान केन्द्र फिदिम पाँचथरले) दिएको सहयोगबाट उनले युवा लक्षित च्याउ, मह, तरकारी उत्पादन कार्यक्रम अन्तर्गत अकबरे खुर्सानी र गोलभेडा खेती गर्दै आएका छन् । उनलाई आव ०७८÷०७९ मा ज्ञान केन्द्रले १ लाख रुपैयाँ रकम अनुदान दिएको थियो । उक्त अनुदान रकमबाट उनले ३ वटा प्लाष्टिक टनेल र ३ क्वेल (१६ देखि २० एमएमको) पाइप खरिद गरी काम गरेका थिए । अहिले उनको खेतबारीमा गोलभेँडा, बन्दाकोपी, काउली, करेला, मटर, आलु, स्क्वास फर्सी लगायत छन् । उनको बारीमा १० हजार विरुवा गोलभेँडाको मात्रै छ । उनले उत्पादन गरेको गोलभेँडाको मुख्य बजार फिदिम, याशोक, झापा र करिडोरको सडक आसपास क्षेत्र हो । घरमा ६ जनाको परिवारको खर्च कटाएर उनले वार्षिक ४ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । गर्न सक्दा विदेश जानुनपर्ने, नेपालमै पनि राम्रो कमाई गर्न सकिने उनको अनुभव छ । अब उनी बिदेश नजाने पक्षमा छन् । अरु युवाहरुलाई पनि कृषि, पशुपालन क्षेत्रमा लाग्दा राम्रो आय–आर्जन गर्न सकिने भनेर उनी बुझाइरहेका हुन्छन् । उनी प्रदेश सरकारको सहयोगप्रति खुशी देखिन्छन् तर पालिका, वडा सरकारले भने सोचेजस्तो सहयोग नगरेकामा अलि असन्तुष्ट छन् ।

कृषि क्षेत्रमा लागेको ४ वर्ष भयो, तर पालिका वा वडाले एक रुपैयाँ पनि सहयोग नगरेको उनको गुनासो गर्छन् । अहिले उनलाई हाते ट्याक्टर, केही प्लाष्टिक पोखरीको अभाव छ । भारत, चीन लगायतका देशबाट तरकारी आयात भइरहेको अवस्थामा त्यसलाई प्रतिस्थापन गर्न स्थानीय किसानलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । स्वदेशमै पर्याप्त उत्पादन हुन सके आयात रोक्न सकिने र यसल किसानलगायत सबैलाई फाइदा पुग्ने उनले बताए । बजारीकरणमा सरकार र उसका निकायहरुले सहयोग गर्नुपर्ने उनको भनाइ छ । यस्तै, पाँचथरको फिदिम–२का चूडामणि काफ्लेले सिंहदेवी कृषि फर्ममार्फत आव ०७७÷०७८ मा मुख्य राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम अन्तर्गत २ लाख रुपैयाँ अनुदान रकम पाएका थिए । उनले उक्त रकमबाट प्लाष्टर गरिएको पोखरी निर्माण, प्लाष्टिक टनेल निर्माण तथा सिञ्चाईको लागि पाइप समेत राखेका थिए । २०५२ सालदेखि कृषि क्षेत्रमा लागेका उनी अहिले पनि कृषि क्षेत्रमै ब्यावसायिकता खोज्दैछन् । उनले कृषि क्षेत्रबाट भएको आम्दानीबाट झापाको बिर्तामोडमा ६० लाख रुपैयाँ लगानी गरेर घडेरी खरिद गरेका छन् भने छोराछोरीलाई उच्च शिक्षा हासिल गराएका छन् ।

अहिले उनले घरखर्च कटाएर वार्षिक ७ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । उनले बारीमा बन्दा, काँक्रा, गोलभेँडा, प्याज खेती गरेका छन् । उनले उत्पादन गरेको तरकारी थोकमा फिदिम, झापासम्म लगेर बिक्री गर्ने गरेका छन् । प्रदेश सरकारले कृषि आधुनिकीकरण कार्यक्रममार्फत् प्रविधिमैत्री कार्यक्रम ल्याइदिए अझ सहज हुने उनको बुझाइ छ । माथि उल्लेख गरिएका कृषकहरु प्रतिनिधि पात्र हुन् । उनीहरु जस्ता ५ सयभन्दा बढी कृषकहरु कृषि ज्ञान केन्द्र पाँचथरले वितरण गरेको अनुदान कार्यक्रमबाट लाभान्वित बनेका छन् । कोशी प्रदेश सरकार अन्र्तगत कृषि ज्ञान केन्द्रबाट गतआर्थिक वर्ष ०७६÷०७७ मा ६६ जना, ०७७÷०७८ मा ६४ जना, ०७८÷०७९मा १ सय ८० जना, ०७९÷०८०मा ९५ जना र ०८०÷०८१मा १ सय जना कृषकहरुले अनुदानबाट लाभ पा एका थिए । आर्थिक वर्ष ०७६÷०७७मा कृषकहरुलाई मकै उत्पादकत्व कार्यक्रम, कागती खेती मिसन कार्यक्रम, किवी खेती प्रवद्र्धन कार्यक्रम, व्यावसायिक फलफूल बगैँचा स्थापना, सुन्तला बगैँचा ब्यवस्थापन एवम् सुदृढीकरण, पुराना रोगग्रस्त अलैची बगानको प्रतिस्थापन कार्यक्रम, नमूना अलैँची बगान स्थापना, खेर गएका सार्वजनिक जग्गाहरुमा फलफूल खेती प्रवद्र्धन कार्यक्रम, अदुवा मिसन कार्यक्रम, बीऊबिजन आत्मनिर्भर कार्यक्रममार्फत् अनुदान कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।

यसैगरी, मुख्य राजमार्गलक्षित तरकारी उत्पादन कार्यक्रम, कफी खेती विस्तार कार्यक्रम, पुराना रोगग्रस्त अलैँची बगानको प्रतिस्थापन कार्यक्रम, नमूना अलैँची बगान स्थापना, सघन बाली विकास योजना (धान, गहुँ, मकै, जैविक तथा वनस्पातिक विषादि प्रयोग विस्तार, रैथाने बाली उत्पादन प्रवद्र्धन कार्यक्रम सञ्चालन भएको थियो । यसैगरी, युवा लक्षित च्याउ, मह तरकारी उत्पादन कार्यक्रम, नमूना कृषि फार्म स्थापना सहयोग, आलु भण्डारणको लागि रष्टिक स्टोर भण्डार कार्यक्रम, अलैँची सुकाउन सुधारिएको भट्टी निर्माण सहयोग कार्यक्रम, खाद्यान्न तरकारी फलफूल प्रदर्शनी, अलैँची पकेट क्षेत्र कार्यक्रम सञ्चालन भएको थियो । दुई लाखदेखि ५० लाख रुपैयाँसम्मको अनुदान कार्यक्रम कृषकहरुले पाएका थिए । यस्तै आर्थिक वर्ष ०७७÷०७८मा पनि कृषकहरुलाई उत्साहित हुने गरी कोशी प्रदेश सरकारले कार्यक्रम ल्याएको थियो । नमूना कृषि फर्म स्थापना सहयोग कार्यक्रम, मकै उत्पादकत्व प्रवद्र्धन कार्यक्रम, व्यावसायिक फलफूल, बगंैचा स्थापना सहयोग कार्यक्रम, मुख्य राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम सञ्चालन गरिएको थियो ।

यसैगरी, जैविक तथा वानस्पातिक विषादि प्रयोग विस्तार कार्यक्रम, सघन वाली विकास कार्यक्रम, अदुवा मिसन कार्यक्रम, रैथाने बाली प्रवद्र्धन कार्यक्रम, किवी खेती प्रवद्र्धन कार्यक्रम, युवा लक्षित च्याउ, मह, तरकारी उत्पादन कार्यक्रम, कृषि बजार तथा संकलन केन्द्र निर्माण, व्यावसायिक कृषि उत्पादन केन्द्र ब्लक विकास, अकबरे, सुन्तला, किवी, अलैँची, तरकारी, कफी, अदुवा, प्राङगारिक कृषि प्रर्वद्धन मिसन कार्यक्रम सञ्चालन भएको थियो । यस्तै ०७८÷०७९मा मकै उत्पादन प्रवद्र्धन कार्यक्रम, कागती खेती मिसन कार्यक्रम, किवी खेती प्रवद्र्धन कार्यक्रम, व्यावसायिक फलफूल बगैँचा स्थापना कार्यक्रम, बीऊबिजन आत्मनिर्भर कार्यक्रम, महिला दलित विपन्न तथा पिछडिएका वर्गलक्षित कार्यक्रम, युवालक्षित च्याउ, मह, तरकारी उत्पादन कार्यक्रम, एक पालिका एक नर्सरी स्थापना कार्यक्रम, मुख्य राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम सञ्चालन गरिएको थियो । तीबाहेक प्याज उत्पादन प्रबद्र्धन कार्यक्रम, नमूना कृषि फार्म स्थापना सहयोग कार्यक्रम, सुन्तला जात बगैँचा स्थापना एवम सुदृढीकरण कार्यक्रम, बाली विशेष भण्डारगृह निर्माण कार्यक्रम, कृषि सामग्री संकलन तथा प्रशोधन केन्द्र निर्माण कार्यक्रम, कृषि संकलन केन्द्र निर्माण कार्यक्रम, कृषि यान्त्रीकिकरण ( मिनिटिलर), व्यावसायिक कृषि उत्पादन केन्द्र तरकारी, अलैँची, अदुवा, कफी ब्लक कार्यक्रम पनि सञ्चालन भएको थियो । यस्तै, ०७९÷०८० मा पनि तिनै कार्यक्रमले निरन्तरता पाएका थिए भने ०८०÷०८१ पनि ती कार्यक्रमको निरन्तरताका साथै विस्तार कार्यक्रम सञ्चालन भएको थियो ।

पाँचथरमा फर्म सञ्चालक कृषक तथा सहकारी तथा समूहमा आवद्ध कृषकहरु लाभान्वित बनेका छन् । यान्त्रीकिरणतर्फ जोत्नको लागि मिनिटिलर, पिस्नको लागि मिनि मिल, उन्नत बीऊ भण्डारण र बजारीकरणको माग बढी छ । अनुदानमुखी कार्यक्रम ज्ञान केन्द्र, प्रदेश सरकारले बढाइदिए सहज हुन्छ भन्ने धारणा रहेको कृषि ज्ञान केन्द्र पाँचथरका बाली संरक्षण अधिकृत केशर मग्रान्ती बताउँछन् । कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख लक्ष्मण चौधरीले कृषकहरुको २५ प्रतिशत र कृषकको ७५ प्रतिशत अनुदानमा कृषक कार्यक्रम सञ्चालन भइरहेको बताए । प्रदेश सरकार अन्तर्गत कोशी प्रदेश सरकारले पाँचथरका कृषकहरुलाई सकेसम्मको सहयोग गरेको उनको भनाइ छ । आव ०८०÷०८१ मा मात्रै १ सय ३ जना कृषकहरुलाई अनुदानमार्फत् कार्यक्रम प्रदान गरिएको उनले जानकारी दिए ।

आगामी दिनमा प्रदेश सरकार नवीनतम् प्रविधि भित्र्याउन लाग्नुपर्ने त्यसका लागि छुट्टै प्राविधिक वा इञ्जिनियरको व्यवस्था गर्नुपर्ने, ती नवीनतम् प्रविधिको प्रदर्शनी गर्नुपर्ने, कृषि यान्त्रीकिकरणका प्रविधिहरु भित्र्याउन सके कृषकहरुलाई धेरै सहज हुने उनले बताए । पाँचथरका कृषकहरुले प्रदेश सरकारसँग अनुदानको रकम बढाउन माग गरेका छन् । वर्षेनि पछिल्लो आर्थिक वर्षहरुमा अनुदानको रकम घट्दै गइरहेको हुँदा अनुदानको रकम बढाएर कृषकहरुलाई अझ बढी अनुदानको कार्यक्रम ल्याइदिन उनीहरुले माग गरेका हुन् । पाँचथरका सबै पालिकामा रहेका ६० वटा वडाहरुमा प्रदेश सरकारले कृषि प्राविधिक राखिदिए कृषि कर्मबाट अझ बढी लाभ लिन सकिने कृषक एवम् सरोकारवाला निकायको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here