ब्राउनसुगर सहित दुई जना पक्राउ

0
8

बिराटनगर ।

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह पिआइटीबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।

बिराटनगर महानगरपालिका–१५ बाट दुहवी नगरपालिका–४ का २० बर्षीय पारस चौधरी र झापा गौरादह नगरपालिका–२ का ३५ बर्षीय संजिव खड्कालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरुको साथबाट दुई ग्राम ५३ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here