मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

0
8

बिराटनगर ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ बिराटचौकबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह पिआईटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

गत मंगलबार बिराटचौकको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजात चोरीको मोटरसाईकल को ३५ प २२०२ नम्बरको पल्सर मोटरसाइकल खरिद बिक्री गर्ने स्थानीय ४० बर्षीय शंकर दाहाल र धनपालथान गाउँपालिका–१ का १९ बर्षीय अजय मण्डललाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here