झापाका अग्रज पत्रकार पाठकको निधन

0
8

बिर्तामोड ।

झापाका अग्रज पत्रकार नेत्र पाठकको निधन भएको छ ।

७२ वर्षीय पाठकको आज (बिहीवार) बिहान ९ः३० बजे आफ्नै निवास बिर्तामोड–४ मा निधन भएको हो । पत्रकार पाठक प्रेस चौतारी झापाको संस्थापक अध्यक्ष हुन् ।

पूर्वशिक्षक समेत रहेका पाठकले लामो समय शिक्षण गर्नुको साथै उनी नेपाल शिक्षक संगठनको नेतृत्वदायी भूमिकामा रहेका थिए ।

बिर्तामोड–४ मेथीबारी टोलमा बस्दै आएका पाठकका पत्नी सीता पाठक, छोरा विज्ञान, बुहारी हिमा, छोरी एलिजा र एक नाति रहेका छन् ।

पाठक तीन वर्षयता दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रेनको नशासँग सम्बन्धित समस्याका कारण घरमै उपचार र आराम गर्दै आएका थिए ।

उनको अन्त्यस्टी छोरा बिदेशमा रहेका र भोली आइपुगेपछि शुक्रवार (भोली) गरिने पारिवारिक स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here