एसियन कप फुटबल छनोट: नेपाल समूह ‘एफ’मा

0
4
काठमाडौँ, 
एएफसी सत्र वर्षमुनि (यु–१७) एसियन कप फुटबल छनोट खेलमा नेपाल समूह एफमा परेको छ ।
एसियाली फुटबल महासङ्घ (एएफसी)ले सार्वजनिक गरेको ड्रमा नेपाल समूह एफमा परेको हो । नेपालको समूहमा जापान, कतार र मङ्गोलियाजस्ता बलिया राष्ट्र परेका छन् । यस समूहका सबै खेल कतारले आयोजना गर्ने एफसीले जनाएको छ । छनोटका खेल आउँदो अक्टोबर महिनामा हुने एएफसीले जनाएको छ ।
त्यसैगरी एएफसीले सार्वजनिक गरेको २० वर्षमुनिको एएफसी यु–२० एसियन कप छनोटमा भने नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा चाइनिज ताइपेइ, उज्वेकिस्तान, बहराइन  र कम्बोडिया रहेका छन् ।
यो समूहका खेल चाइनिज ताइपेइले आयोजना गर्ने एएफसीले जनाएको छ । उक्त खेल आगामी सेप्टेम्बर २१ देखि २९ तारिखसम्म हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here