वीरता जेसीजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

0
3

बिर्तामोड ।

विश्व रक्तदाता दिवसको अवसरमा वीरता जेसीजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

हरेक वर्ष जुन १४ तारिखका दिन विश्व रक्तदाता दिवस मनाइने गरिन्छ । वीरता जेसीजका अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सन् १९९८ का अध्यक्ष राजकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।

उक्त अवसरमा बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष मदन बुढाथोकी, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपाने, बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला, रेडक्रस सोसाइटी बिर्तामोडका अध्यक्ष मनोज अग्रवाल औषधि व्यवसायी संघका झापा अध्यक्ष जीवन खड्का लगायनको आतिथ्य रहेको थियो ।

कार्यक्रममा वीरता जेसीजका सदस्य बसन्त ढकालको संयोजकत्वमा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन महासचिव सुमन पोद्दारले गरेका थिए । सो अवसरमा ३३ जनाले रक्तदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here