भलिबल प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक

0
13

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ ज्योति बस्तीस्थित सिर्जना बाल युवा क्लबको आयोजनामा गत जेठ १० गते सम्पन्न भएको प्रथम अर्जुनधारा वडास्तरिय भलिबल प्रतियोगिता–२०८१को आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।

क्लबकी अध्यक्ष शर्मिला न्यौपानेको अध्यक्षतामा शनिबार क्लबको कार्यालयमा आयोजित कार्यक्रममा क्लबका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक सविन बुढाथोकीले उक्त विवरण प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार जम्मा आम्दानी ५८ हजार एक सय ५५ रुपैयाँ, जम्मा खर्च ५६ हजार दुई सय ६५ रुपैयाँ र जम्मा बचत एक हजार आठ सय ९० रुपैयाँ रहेको उल्लेख गरिएको छ ।

सोही प्रतियोगिताका लागि केही वडा कार्यालयले उपलब्ध गराउने रकम भुक्तानी प्रक्रियाका कारण आय–व्यय विवरण सार्वजनिक गर्न केही ढिलो भएको अध्यक्ष न्यौपानेले बताइन् ।उनी भन्छन्–“वडाबाट प्राप्त हुने सहयोग रकमलाई क्लबको वृत्तिविकासमा लगानी गर्नेछौं ।”

उपाध्यक्ष बुढाथोकीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव आदर्श पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here