केचना–चारआली सडक खण्ड अवरुद्ध

0
4

झापा ।

गयराति परेको अविरल वर्षाले कल्भर्ट भत्किदा केचना–चारआली सडक खण्ड अवरुद्ध बनेको छ ।

वर्षाले भद्रपुर नगरपालिका–१ लाहुरे चौकस्थित राजपैनी खोलामा बनाइएको ५० मिटर कल्भर्टमा क्षति पुगेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

सडक अवरुद्ध हुँदा भद्रपुरबाट कचनकवल जाने सवारीसाधनहरू वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएको छ ।

अहिले साना तथा ठुला सवारीसाधनहरू भद्रपुरको सगरमाथा चोक वा सोमबारे चोकबाट पश्चिम हुँदै कचनकवलतर्फ गइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here