झापामा निःशुल्क स्वास्थ्य मेला

0
3

बिर्तामोड ।

नेपाल विद्यार्थी संघ झापाको आयोजनामा तथा ओमसाई पाथीभरा अस्पतालको प्राविधिक सहयोगमा बुद्धशान्ति गाउँपालिका–४ स्थित गुराँस सामुदायिक विकास संस्थामा एकदिने निःशुल्क स्वास्थ्य मेला सम्पन्न भएको छ ।

स्वास्थ्य मेलामा एक हजार पाँच सयभन्दा बढी सेवाग्राहीले लाभ लिएका थिए । कार्यक्रममा अमेरिका निवासी रबिन श्रेष्ठ, न्युटन कलेज बिर्तामोड र मनकामना क्याम्पस बिर्तामोडले निःशुल्क औषधि उपलब्ध गराएका थिए । स्वास्थ्य मेलामा नाक, कान घाँटी, आँखा, बाल रोग, स्त्रीरोग, हाडजोर्नी र फिजिसियन सेवाहरू निःशुल्क प्रदान गरिएको थियो ।

नेविसंघ झापाका सभापति सञ्जय निरौलाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं र गुराँस सामुदायिक संस्थाका अध्यक्ष सन्जितकुमार थेवे लगायतले स्वास्थ्य मेलाको महत्व माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा नेका महासमिति सदस्य मणिकुमार उप्रेती, नेका जिल्ला सचिव कृष्ण हुमागाँई, नेका झापा पूर्व उपाध्यक्ष राम कट्टेल, ओमसाई अस्पतालका निर्देशक बालकुमार पोखरेल, वडाध्यक्ष शेरबहादुर राया लगायतको उपस्थिति थियो ।

कार्यक्रममा नेविसंघ झापाका सचिव गोकुल पौडेलले सञ्चालन गरेका थिए भने नेविसंघ बुद्धशान्ति सभापति उमेश भट्टराईले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here