कृषि विकास सहकारीका अध्यक्षसहित चार जना पक्राउ

0
4

काठमाण्डाै,

सर्वसाधारणको ९४ करोड २३ लाख रुपैयाँ बचत रकम हिनामिना गरेको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाई बचतकर्ताहरूको रकम अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना सञ्चालक र व्यवस्थापकहरूलाई पक्राउ गरिएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले पक्राउ पर्नेहरूमा तेजविक्रम थापा, सजना राजकर्णिकार,सञ्जय सापकोटा र भीमसेन महर्जन रहेका बताउनुभयो ।

तनहुँका थापा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् भने काठमाण्डाैकाे गोकर्णेश्वरकी राजकर्णिकार संस्थाकी व्यवस्थापक हुन् । त्यस्तै काठमाण्डाैकाे कीर्तिपुरका महर्जन र काठमाण्डाैकाे चाबहिलका सापकोटा संस्थाका सदस्य रहेका एसएसपी भट्टराईले बताउनुभयो ।

तेजविक्रम थापाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाण्डाैमा पाँच सय ६६ जनाले जाहेरी दर्ता गरेका छन् । पक्राउ परेकाहरूले ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेका प्रहरीले बताएको छ । कृषि विकास सहकारीमा दुई हजार पाँच सय ३१ जनाको दुई अर्ब ८० करोड रुपैयाँ बचत रहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here