रोङ गट ट्यालेन्टको प्रारम्भिक चरणमा १९२ प्रतिभा छनोट

0
7

रोङ ।

इलामको रोङ गाउँपालिका भित्र रहेका प्रतिभा खोजी अभियान अन्तर्गत प्रारम्भिक चरणमा १९२ प्रतिभा छनोट गरिएको छ । गाउँपालिकाको ६ वटै वडाबाट १९२ जना प्रतिभाको छनोट गरिएको हो ।

गायन, नृत्य र कविता विधामा ३१८ जनाले फारम भरेकोमा प्रारम्भिक चरणको छनौट प्रकियाबाट प्रथम चरणको प्रतिस्पर्धात्मक कार्यक्रमको निम्ति उत्साहजनक सहभागिता रहको निर्देशक समिति सदस्य स्वस्तिका मुखियाले बताइन् । जसमध्ये ३०५ जनाले अडिसन दिएको उनले बताइन् ।

अडिसन दिनेमध्ये कवितामा २७, गायनमा ५४ र नृत्यमा १११ जना पहिलो चरणमा छनोट भएका छन् । पहिलो चरणको प्रतिस्पर्धात्मक कार्यक्रमको समय तालिका चाडै प्रकाशन हुने निर्देशन समितिले जनाएको छ ।

पहिलो चरणको प्रतिस्पर्धात्मक कार्यक्रम पश्चात दोस्रो चरणको प्रतिस्पर्धात्मक कार्यक्रम र तेस्रो चरणको प्रतिस्पर्धात्मक अर्थात फाइनल कार्यक्रम रहने छ भने यस चरणहरुकोे तालिका पनि छिट्टै प्रकाशन गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न चरणको छनौट प्रक्रियाका लागि आयोजकद्धारा प्रत्येक विधाबाट २ जना गरी जम्मा ६ जना निर्णायकहरुको व्यवस्था गरिएको छ । यसैगरि अन्तिम चरणमा गायन, नृत्य र कविता तीनवटै विधामा प्रथम, द्धितीय र तृतिय हुने प्रतिभाहरुलाइ पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने र सोही क्षेत्रमा केही नयाँ अवसर दिने साथै रोङको त्त त्त विधाका विशिष्ट प्रतिभाको रुपमा सम्मान गरिने आयोजक समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here