पूक्यानको अध्यक्षमा ई. गुरागाई

0
4

झापा ।

पूर्वाञ्चल विश्वविद्यालय कलेजेज एशोसिएशन अफ नेपाल (पूक्यान) को सदस्यमा झापा बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाबिद्यालयका प्रमुख डा. रुपकप्रसाद खनाल चयन भएका छन् ।

काठमाडौंमा पूक्यान पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको संगठनको आठौ बार्षिक साधारण सभा तथा अधिवेशनले डा. खनाललाई सदस्यमा सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले सीआईटी कलेज काठमाडौंका अध्यक्ष ई. सुधिर गुरागाँईको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्ष कान्तिपुर इन्टरनेशनल कलेज काठमाडौंका डा. नरेन्द्रकुमार श्रेष्ठ, सेन्ट्रल कलेज अफ इञ्जिनियरीङ जनकपुरका बिजयकुमार झा, महासचिवमा गेटवे कलेज काठमाडौंका सुरेश केसी, कोषाध्यक्षमा आर्यन स्कुल अफ इञ्जिनियरीङ काठमाडौंका ओमकार नाथ गुप्ता चयन भएका छन् ।

त्यस्तै सदस्यमा गोमेन्द्र बहुमुखी कलेज बिर्तामोड झापाका डा. खनाल, अर्किड कलेज काठमाडौंका बिदुर दाहाल, नेपाल पोलिटेक्निक कलेज चितवनका दीपक ढकाल, सगरमाथा कलेज काठमाडौंका रामदत्त जोशी, काठमाडौं डन बस्को कलेज काठमाडौंका रश्मि शर्मा मैनाली र हिलसाइड कलेज अफ इञ्जिनियरिङ कलेज काठमाडौंका डा. समित थापा चयन भएका छन् ।

पूक्यान अध्यक्ष शम्भुकुमार दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन माथि छलफल गरेर अनुमोदन गरी पास भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here