उदाहरणीय मायादेवी

0
7

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाकी एकल महिला मायादेवी राई पूर्वी नेपालकै उदाहरणीय कर्मठ महिला हुन् । उनले भएको शिक्षण पेशा त्यागेर जैविक तरकारी खेती व्यावसायिक रुपमै सञ्चालन गर्दै मनग्य आय गरिरहेकी छन् । दुई वर्षदेखि कृषि कर्ममा लागेकी मायादेवीले तरकारी खेतीसँगै मत्स्यपालन तथा पशुपंक्षी पालन पनि व्यवसायिक रुपमै सञ्चालन गरिरहेकी छन् । जसले भोजपुर लगायत आसपासका किसानलाई प्रेरणा र ऊर्जा प्रदान गरेको हुनसक्छ । यतिबेला विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै जानकार तथा विज्ञहरुले चिन्ता प्रकट गरिरहेका छन् । यस्तोमा मायादेवीले सहस्र मायादेवी बनाउन सकिन् भने त्यो सबैका लागि ज्यादै सुखद् विषय हुनेछ ।

तरकारीको जैविक तथा व्यवसायिक खेती गरेर पनि आर्थिक स्तर उठाउन सकिन्छ भन्ने उदाहरण बनिएकी उनको योजना यसलाई अझै विस्तार गर्ने रहेको छ । आफ्ना गाउँका चालीस जना एकल महिलालाई संगठीत गर्दै मायादेवीले एकल महिला बहुउद्देश्यीय सहकारी संस्था समेत सञ्चालन गरेकी छन् । एकल भएकै कारण असहाय ज्ञबनिनुपर्ने सामाजिक परम्पराबिरुद्धको उनको संघर्ष आफैंमा प्रेरक छ । सोही सहकारी मार्फत आधुनिक टनेल खेती गर्न थालेका एकल महिलाका लागि उनी सारथी नै बनिएकी छन् । यस्तोमा राज्यका तर्फबाट सक्दो सहयोग गरेर परनिर्भरतातर्फ उन्मुख हाम्रो अर्थतन्त्रलाई सुधार गन सकिन्छ भन्ने सन्देश उनको कर्मठता, लगन र संघर्षको कथाले प्रस्तुत गरेको छ ।

नेपाल हावापानी, माटो तथा वातावराण्का दृष्टिले पनि कृषि प्रधान नै हो । तर, पछिल्लो समय कृषि कर्मप्रति विकर्षण बढेको छ । कृषिकार्यमा हुनुपर्ने जनशक्ति वैदेशिक रोजगारको आकर्षणले पलायन भइरहेको छ । त्यसलाई रोक्न, देशमै अवसर सिर्जना गर्ने वातावरण सरकारले निर्माण गरिदिनु पर्दछ । कृषकलाई आवश्यक आर्थिक, प्राविधिक सहयोग गर्दै कृषिवस्तुको बजारीकरणमा ध्यान दिनु पर्दछ ।

माटो र हावापानी सुहाउँदो बाली, उन्नत जातका बीऊबिजन, मलखाद तथा प्राविधिक सहयोग गरेर कृषि कर्मलाई उच्च कर्म बनाउन सरकारले जिम्मेबारी लिनु पर्दछ । हामीकहाँ कृषि कर्मका विविध क्षेत्रहरु फलफूल, मौरी पालन, जडीबुटी, तरकारी तथा खाद्यान्नको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणमा अभिभावकत्व ग्रहण गर्दै लाखौं मायादेवी उत्पादन गर्नेतर्फ विशेष ध्यान दिनुपर्दछ । त्यसो भए मात्र कृषिलाई निर्वाहमुखीबाट व्यवसायिकतातर्फ लान र राष्ट्रको आयस्तर सँगै नेपालीको जीवन पनि उठाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here