दलित नगर उपभोक्ता समितिको नौमति बाजा तलिम सम्पन्न

0
5

अर्जुनधारा ।

दलित नगर उपभोक्ता समिति अर्जुनधाराको आयोजनामा गत जेठ २० गतेदेखि सञ्चालन भएको १५ दिने नौमति बाजा तालिम सोमबार सम्पन्न भएको छ ।

समितिका अध्यक्ष बुद्ध बराइलीको अध्यक्षता र अर्जुनधारा–११ का वडा सदस्य पूर्णबहादुर राईको प्रमुख आतिथ्यमा आयोजित तालिम समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

अर्जुनधारा–११ लक्ष्मीधापस्थित नमूना विश्राम गृहको सभाहलमा सञ्चालन भएको तालिमको क्रममा सहभागीहरुलाई विवाहमा बजाइने दुईचाले भाका, रोपाईंमा बजाइने बेठी र रमाईलो कार्यक्रममा बजाइने चुट्के भाका बारे प्रशिक्षण दिइएको प्रशिक्षक नरेन्द्र दर्नालले जानकारी दिए ।

अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोग रहेको त्यस तालिममा २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको समितिका सचिव धनकुमार नेपालीले जानकारी दिए । त्यसैगरी कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुमध्ये नारायण दर्जी, रुद्र बाग्दास र सविना परियारले तालिमको अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार, निवर्तमान कार्यपालिका सदस्य रमेशकुमार दर्जी, अर्का वडा सदस्य सीता कँडेल दर्जी, नेपाली काँग्रेस वडा सभापति जगत राना मगर, दलित अधिकारकर्मी पम्फादेवी विश्वकर्मा, प्रशिक्षक दर्नाललगायतले मन्तव्य राखेका थिए ।

समितिकी सदस्य बालकुमारी रसाइलीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव नेपालीले गरेका थिए । त्यस्तै कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुले विभिन्न भाका प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here