झापामा टिपर र बस ठोक्किँदा दुर्घटना, २१ यात्रु घाइते

0
34

झापा ।

झापाको कमल गाउँपालिका चुलाचुलीमोडस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

आज बिहान ०७ः१५ बजे राजमार्गका टिपर र यात्रुबहाक बस आपसमा ठोक्किँदा बसमा रहेका २१ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा ३ ख २१६६ नम्बरको टिपर र पूर्वतर्फ जाँदै गरेको को। १ ख ५०८७ नम्बरको बस एक आपसमा ठोक्किएका थिए ।

घाइतेमध्ये ११ जनाको दमक रिसर्च सेन्टर अस्पताल, नौ जनाको लाइफलाइन अस्पताल र एक जनाको दमक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक उदयपुर त्रियुगा–३ का ४५ वर्षीय अशोक बोट र टिपर चालक धनुषा गणेशमान–५ का ३४ वर्षीय शेरबहादुर राई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here