नोभा फाउण्डेशनद्वारा मन्टेश्वरी तालिम

0
20

बिर्तामोड ।

झापाको बिर्ताामोडमा रहेको नोभा फाउण्डेशनले एक महिने मन्टेश्वरी तालिम सम्पन्न गरेको छ । बिर्तामोड नगरपालिका–५ को आर्थिक सहयोगमा गत जेठ ३ गतेबाट शुरु भएको मन्टेश्वरी तालिम एक महिनासम्म सञ्चालन भएको थियो ।

बिर्तामोड–५ मा रहेका दलित महिलाहरुलाई लक्षित एक महिने मन्टेश्वरी तालिमको आयोजना गरिएको थियो । नोभा फाउण्डेशनका संस्थापक प्रकाश पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा वडासदस्यहरु ओमभक्त सेढाई, दुर्गा शिवाकोटी, महिला सदस्य मालति विक, देबि माबिका विद्यालय ब्यवस्थापन समितिका सदस्य गोबेन धिमाल लगायतको आतिथ्य रहेको थियो ।

थोरै लगानीमा पनि श्रम र रोजगारलाई नोभा फाउण्डेशनले जोड्न सफल भएको भन्दै प्रमुख अतिथीसहितका अतिथीहरुले खुशी ब्यक्त गरेका थिए । तालिमबाट सिकेका सीपलाई ब्यवहारमा उर्तान आग्रह गर्दै वडाध्यक्ष प्रसाईले प्रमाणपत्र सिरानीमा नराख्न अनुरोध गरे । सिकाईलाई उपलब्धी मुलक बनाउन आफैं सक्रिय हुनुपर्ने उनको भनाई थियो ।

तालिममा सहभागिहरुलाई स्वरोजगार बनाउने उद्धेश्यले सञ्चालन भएको उक्त तालिममा सहभागि मध्ये तीन जनाले रोजगार पाइसकेको र अन्यलाई पनि रोजगारी उपलब्ध गराउनका लागि पहल गरिरहेको नोभा फाउण्डेशनका संस्थापक पराजुलीले जानकारी दिए ।

एक महिना सम्म सञ्चालन भएको तालिमको सहजिकरण प्रशिक्षक यमुना रेग्मीले गरेकी थिइन् । मन्टेश्वरी तालिममा आफुहरुले सिकेको सिकाई उपलब्धीका बारेमा प्रशिक्षार्थी दिनिशा विकले आफ्ना भनाई राखेकी थिइन् । समापन कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी छात्रा सोनिला घिमिरे विकले गरेकी थिइन् ।

कार्यक्रममा पुजा सुन्दास र रोबी सुन्दासले स्वागत नृत्य प्रस्तुत गरेका थिए । एक महिनासम्म तालिम सञ्चालन गर्न स्थान उपलब्ध गराएको भन्दै नोभा फाउण्डेशनका संस्थापक पराजुलीले देवी मावि परिवार तथा प्रअ अम्बिका श्रेष्ठलाई धन्यवाद दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here