कमलमा पालिका स्तरीय सिलाई कटाई तालिम केन्द्रको स्थापना

0
5

कमल ।

झापाको कमल गाउँपालिकाले गाउँपालिका स्तरीय सिलाई कटाई तालिम केन्द्रको सुरुवात गरेको छ ।

नियमितरूपमा सञ्चालन हुने सिलाई कटाई तालिम केन्द्रको एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरेका थिए ।

गाउँपालिकाका हरेक वडामा भएका बेरोजगार महिलालाई समेटेर तालिम प्रदान गर्ने उद्देश्यले तालिम केन्द्र सञ्चालनमा ल्याइएको हो । यो तालिम अत्यन्तै प्रभावकारी छ । महिलाहरू सक्षम भएमात्र हरेक क्षेत्र सबल र सक्षम हुने भएकोले महिलाहरूको क्षमता विकासमा गाउँपालिका लागि परेको छ ।

अब हामी पहिलेको जस्तो तालिम दिदै छोड्ने होइन हाम्रो कार्यकाल भरिमा तापाई हरु लाई पूर्ण रुपमा सीप सिकाएर सक्षम बनाउँदै जिविको पार्जन बनाउने सम्मको जिम्मा लिने तर्फ पालिका लागेको अध्यक्ष राईले बताए ।

तालिम पछि आफूले सिकेको सीपलाई व्यवहारमा लागू गर्न गर्न सके तपाईँहरूलाई आर्थिक रुपमा धेरै राम्रो हुनेछ । त्यसका लागी तपाईँहरूले नियमित रुपमा तालिममा सहभागी ध्यान दिएर सिक्नु होला । बर्खाको समय भएपनि तालिम नियमित सञ्चालन हुने भएकोले आफ्नो अनुकुल समय मिलाएर तालिम लिन समेत गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले सहभागीलाई अनुरोध गरिन् ।

नियमित रुपमा तालिममा सहभागी भई प्रशिक्षकले सिकाएका कुरालाई ध्यान पूर्वक सिकेर आफ्नो व्यवहारमा लागु गर्न सकेमा तपाईँहरू आर्थिक र समाजिक रुपमा समेत सक्षम हुने भएकोले नियमित तालिममा सहभागी हुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले सहभागीलाई अनुरोध गरे ।

कमल गाउँपालिकाले पछिल्लो समय हरेक नागरिकलाई स्वरोजगार बनाउनका लागी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यसै अन्तर्गत यो सिलाई कटाई तालिम केन्द्रको स्थापना गरिएको हो । यो तालिम केन्द्र अन्य तालिम जस्तो नभएर वर्षभरी नियमित रुपमा सञ्चालन हुनेछ ।

एक पटकमा ३० जना महिलाले तालिममा सहभागी हुन सक्ने छन् । तीन महिनामा उहाँलाई तालिम प्राप्त बनाएर पुन अर्को तालिम सञ्चालन गरिने कमल गाउँपालिका महिला तथा बालबालीका शाखा प्रमुख रिता कार्की रिजालले जानकारी दिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here