कमल ।
कमल गाउँपालिका ३ केर्खामा रहेको उद्यमशील महिला जागरण केन्द्रको आयोजना तथा सामाजीक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा दुई दिने घरेलु तथा लैंगिक हिंसा विरुद्धको सचेतना गोष्ठी सम्पन्न भएको छ ।
कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालय र वडा नम्वर ३ स्थित शहीद धर्मभक्त माध्यमिक विध्यालयको समभाहलमा गोष्ठि सम्पन्न भएको थियो । गोष्ठिमा विध्यालयमा कक्षा ८ देखि १२ कक्षासम्म अध्यायनरत विद्यार्थीलाई गोष्टिमा सहभागी गराईएको थियो ।
सहभागी विद्यार्थीलाई हिंसाको परिभाषा, घरेलु हिंसा भनेको के हो र कानुनी उपचार केन्द्र सक्छ, यौन र्दुव्यावहार र बलत्कार भनेको के हो र यसको कानुनी व्यवस्था, महिलाका संवैधानिक अधिकार र बाल विवाह, बहुविवाह लगायतका वारेमा अधिवक्ता लक्ष्मि खनाल कोइरालाले सहजिकरण गरेकी थिईन् ।
कार्यक्रममा कमल गाउँपालिकाका उपध्याक्ष प्रमिला न्यौपाने तिवारीले समान्य कानुनी कुरा जान्नु पर्दछ भन्दै कुनै गल्ति गरेमा मलाई कानुन थाहा छैन भनेर उम्कन नपाइने उल्लेख गरिन् । उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन केन्द्रकी उपाध्यक्ष बेदमाया वाग्लेले गरेकी थिईन् ।