संघीयतापछिको बाह्रदशीः महत्वाकांक्षी योजनाभन्दा मागमा आधारित काम धेरै

0
17

सुरेन्द्र भण्डारी,
झापा ।

संघीयतापछि बाह्रदशी गाउँपालिकाको विकास सन्तोषजनक रहेको पाइएको छ । संघीयतापछि भएको राज्यपुनर्संरचनापछि स्थानीय तहमा आर्थिक स्रोतहरु परिचालन गरेर स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने काम गर्दै आएको बाह्रदशीले ठूला र महत्वाकांक्षी योजनाभन्दा मागमा आधारित याजनाको काम सम्पन्न गर्दै कृषि विकास, र पूर्वाधार निर्माणमा योगदान पु¥याएको बताइएको छ ।

पालिकाभित्रका आवश्यकताहरु पहिचान गर्दै जनप्रतिनिधिले विकास योजनाहरु तयार पार्न र कार्यान्वयन गराउँदा बाह्रदशीको विकास सन्तोषजनक देखिएको बताइएको छ ।

१५६१ मिटर पक्की तटबन्धन

बाह्रदशी गाउँपालिका भएर बिरीङ, अन्धुवा र घाग्रा खोला बग्छन् । मनसुन शुरु भएसंँगै हरेक वर्ष बिरीङ, अन्धुवा र घाग्रा खोलामा आउने बाढीका कारण बाह्रदशी बासीले सास्ती ब्यहोर्दै आएका छन् । मनसुन शुरु हुनु अगाबै त्यस क्षेत्रका स्थानीयवासी त्रासमा हुने गरे पनि पछिल्ला केही वर्षयता बाह्रदशीका स्थानीयले राहत महशुस गर्न थालेका छन् । बिरीङ लगायतका खोलामा गरिएको स्थायी तटबन्धनले बाह्रदशीवासीलाई राहत मिलेको हो ।
बिरीङसहित अन्धुवा र घाग्रा खोलामा गरिएको तटबन्धले बस्ती जोगाएको छ भने बाढीका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरणमा समेत राहत मिलेको स्थानीय बताउँछन् ।

बाह्रदशी गाउँपालिकाले खेतीयोग्य जमिनको संरक्षणका लागि प्रदेश र संघीय सरकारसंग बजेट माग गर्दै स्थायी तटबन्धनलाई प्राथमिकतामा राखेसँंगै बाह्रदशी गाउँपालिकामा १५ सय ६१ मिटर खोलामा तटबन्धन गरिएको छ ।
हरेक वर्ष बिरीङ खोलामा आएको बाढीबाट डुबान र कटानको समस्या झेल्दै आएका बाह्रदशी गाउँपालिकावासीले अब कटान र डुबानको समस्या झेल्नु नपर्ने भएको छ । बाह्रदशी–५ भएर बग्ने बिरीङ खोलाको पूर्वी क्षेत्रमा पक्की बाँध निर्माणपछि उनीहरुले राहतको महशुस गरेका हुन् । सङ्घीय सरकारअन्तर्गत जनताको तटबन्ध फिल्ड कार्यालय गैँडेको तीन करोडको लागतमा बिरीङ खोलाको पूर्वी भू–भागमा तटबन्ध गरिएसँगै बाह्रदशीवासी डुबान र कटानको समस्याबाट मुक्त भएका हुन् ।

संघीय सरकारको सहयोगमा झण्डै यहाँ एक किलोमिटर खोलाको तटीय क्षेत्रमा बाँध बाँधेपछि डुबान र कटानको समस्या हल भएको हो । बिरीङ खोलाको तटीय भू–भागमा तटबन्ध गरिएसँगै वडा नम्बर ५ सहित १, २, ३ र ४ नम्बर क्षेत्रका बासिन्दा लाभान्वित भएका हुन् ।

यसअघि वडा नम्बर –७ को डाँगीबारी पश्चिम पनि बिरीङ खोलामा पक्की बाँध बाँधेका कारण सिङ्गो डाँगीबारी बजार सुरक्षित भएको छ । यस अघि यो क्षेत्रमा दुई चरण गर्दै झण्डै पाँच करोड रुपैयाँको लागतमा बिरीङ खोलामा बाँध बाँधिएको बाह्रदशी–७ का वडाध्यक्ष मित्रराज भट्टराईले जानकारी दिए ।

हरेक वर्ष बिरीङ खोलामा आउने बाढीले यहाँको खेतीयोग्य सयौँ बिगाह जमीन डुबानमा पर्ने गरेको थियो भने नदी कटानको समस्याले बस्ती नै सार्नुपर्ने अवस्था थियो । वडाध्यक्ष भट्टराईले भन े– बिरीङ खोलामा बाँध बाँधेपछि सिङ्गो बाह्रदशीवासी सुरक्षित छौँ ।

बाह्रदशी २ र ३ मा पर्ने मोटापानी पश्चिम बिरीङ खोलाका तटीय क्षेत्रमा समेत पक्की बाँध निर्माण गरिएको बाह्रदशी २ का वडाध्यक्ष भीमवहादुर कार्कीले बताए । संघीय सरकारको सहयोगमा िबाँध बाँधेपछि खेतीयोग्य जमिन डुवानको समस्या हटेर गएको हो ।

५२३१ मिटर पक्की नाला निर्माण

गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म पाँच हजार दुई सय ३१ दशमलव १५० मिटर भू भागमा नाला निर्माण गरेको छ ।

जसका कारण पानी ब्यवस्थापनमा सहज भएको बताइन्छ । बर्षा याममा भेलबाढीसहित आउने पानीलाई निकास दिनका लागि नाला उपयोगीसिद्ध भएका छन् । सडक निर्माणसँंगै नाला निर्माण गरिएकाले पानी ब्यवस्थापनमा सहज भएको बताइएको छ । पालिकाले हालसम्म कच्ची र पक्की गरी ६ हजार ९ सय ७१ दशमलव १५ मिटर भूभागमा नाला निर्माण गरेको हो ।

यता गाउँपालिकाले पछिल्ला वर्ष अन्धुवा र घाग्रा खोलामा तीन वटा पक्की पुल निर्माण गरेको छ । त्यस्तै २७ वटा बक्स कल्भर्ट, १२ वटा स्ल्याव, ९५ वटा ह्युमपाइप, राधानगरमा एउटा ट्रस पुल निर्माण गरेको छ । त्यस्तै लक्ष्मीथान जाने सडक खण्डमा भागुडुब्बा पूर्व झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको गाउँपालिकाका प्रविधिक शाखा प्रमुख नारायणप्रसाद खरेलले जानकारी दिए ।

२२ वटा भवन निर्माण

गाउँपालिकाले प्रशासनिक भवन सहित २२ वटा भवन निर्माण गरेको छ । सातवटा रहेको बाह्रदशी गाउँपालिकाले ६ वटा वडा कार्यालय भवनसहित वडा नम्वर –२ को कार्यालय भवनमा तल्ला थप सहित २२ वटा भवन निर्माण गरेको हो । गाउँपालिकाका लागि प्रशासनिक भवनसहित तीनवटा भवन निर्माण गरिएका हुन् । प्रशासनिक भवन निर्माणाधीन छ ।

यता आधारभूत स्वास्थ्य केन्द्रका लागि ४ वटा भवन निर्माण भएका छन् भने गाउँघर क्लिनिक÷ खाोप केन्द्रका लागि ९ वटा भवन निर्माण भएका छन् ।

विद्यालयका लागि विभिन्न विद्यालयमा ५६ वटा कोठाका भवन निर्माण गरिएका छन् । पछिल्लो वजेटबाट गौरीशंकर माध्यमिक विद्यालयको चार कोठे भवन निर्माणाधीन रहेको छ । विद्यालयमा छात्रा शौचालय १२ छात्र शौचालय ११ वटा निर्माण गरिएका छन् ।

बाल विकास केन्द्रका लागि दुई वटा भवन निर्माण भएका छन् । त्यस्तै पालिकामा २० वटा सार्वजनिक शौचालय निर्माण गरिएका छन् । महिला, आदिवाासी जनजाति, ज्येष्ठ नागरिक, दलित सहितका सामुदायिक भवन १२ वटा निर्माण भएका छन् भने मलामीघर तीन वटा निर्माण भएका छन् ।

जनता आवास कार्यक्रम मार्फत पालिकामा विपन्नका लागि ११२ वटा घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाँईले जानकारी दिए । २९ वटा मठ मन्दिर, गुम्वा, मस्जिद, मदरसाका भवन निर्माण गरिएका छन् भने तीन वटा धर्माशाला÷ वृद्धाश्रम निर्माण गरिएको छ । १६ वटा सामुदायिक विद्यालय रहेको बाह्रदशीमा सात वटा विद्यालयमा घेराबेरा गरिएको छ ।

कृषकलाई लक्षित गर्दै सिँचाई सुविधाका लागि गाउँपालिकाले डिप बोरिङ, स्यालो ट्युवेल, डिप ट्युवेल उपलब्ध गराउँदै आएको छ । कुलो÷ पैनीबाट मात्र कृषकलाई खेतीगर्न असहज भएपछि पालिकाले सिँचाईका लागि कषकसँग साझेदारी गर्दै मोटर, स्यालो ट्युवेल, डिप बोरिङ उपलब्ध गराएको हो । आर्थिक वर्ष २०७९÷०८० सम्म बाह्रदशीका १२२ कृषकलाई यस्ता उपकरण प्रदान गरिएको छ ।

त्यस्तै १२६ विपन्न परिवारलाई खानेपानीका लागि ट्युवेल निःशुल्क बितरण गरिएको गाउँपालिकाले जनाएको छ । खानेपानी आयोजनाका लागि पाइप विस्तार गर्न समेत सहयोग पु¥याएको बताइएको छ ।
पालिकाको पहलमा १० दशमलव ९० किलोमिटर भू भागमा विद्युत् प्रशारण लाइन पु¥याइएको छ । नेपाल विद्युत् प्राधिकरणसँंग साझेदारी गर्दै गाउँपालिकावासीलाई विद्युत् सेवा उपलब्ध गराइएको हो । त्यस्तै २९ स्थानमा सार्वजनिक वत्ती जडान गरिएको छ । गाउँपालिकाभित्र दुईवटा यात्रु प्रतिक्षालय समेत तयार भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here