बिर्तामोडमा धिमेबाजा प्रशिक्षण

0
18

बिर्तामोड।

नेवाः पासा मुना पुचः बिर्तामोडको आयोजनामा बिर्तामोडमा एक महिना अघिदेखि शुरु भएको धिमेबाजा प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

नेवाः पासा मुना पुचः बिर्तामोडको आयोजना र बिर्तामोड नगरपालिका वडा नं ५ र ४ को आर्थिक सहयोगमा नेवाः छे भवन बिर्तामोड –४ मा गत जेठ १४ गतेदेखि शुरु भएका धिमेबाजा प्रशिक्षण तालिम सम्पन्न भएको हो ।

धरानका धिमेबाजा प्रशिक्षक आयुष शाक्यले प्रशिक्षण दिएको उक्त तालिममा बिर्तामोड नगरपालिका र काँकडभिट्टाका गरी २६ जना प्रशिक्षार्थी सहभागी रहेका थिए ।

कार्यक्रममा प्रशिक्षार्थीहरुले तालिममा सिकेको कला एक साथ प्रस्तुत गरेका थिए । सोही अवसरमा नेवाः पासा मुना पुचःका शुभचिन्तक बसन्त प्रेमी राजभण्डारीले धिमेबाजा खरिदका निमित्त आयोजक परिवारलाई रू. दश हजार सहयोग प्रदान गरेका थिए ।

समापन कार्यक्रमका प्रमुख अतिथि मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले कार्यक्रममा बोल्दै भाषा संस्कृतिको जगेर्ना गर्ने मुलुक र जनताले कहिले पनि दुख नपाउने बताए ।

नेवाः पासा मुना पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा बिर्तामोड वडा वडा नं ५ का अध्यक्ष रोहित प्रसाई, इन्द्रपुर नेवाः पासा मुना पुचका अध्यक्ष थर्कमान श्रेष्ठ, नेवा समाज काँकरभिट्टाका अध्यक्ष तथा नेवाः देय् दवु झापा जिल्ला उपाध्यक्ष कमल गुभाजू, नेवाः पासा मुना पुचः बिर्तामोडका संस्थापक तथा पूर्व अध्यक्ष कृष्ण उदास, आदिवासी जनजाति महासंघ बिर्तामोड नगर अध्यक्ष राजकुमार राजवंशी, प्रशिक्षक शाक्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेवाः पासा मुना पुचःउपाध्यक्ष राजीव श्रेष्ठले स्वागत, धिमेबाजा प्रशिक्षण संयोजक लक्ष्मी श्रेष्ठले औचित्यमाथि प्रकाश र सञ्चालन सदस्य तारामणि श्रेष्ठले गरेका थिए । जिल्लाका विभिन्न स्थानका नेवा संगठन प्रमुख, प्रतिनिधि लगायत नेवा बन्धुहरुको उपस्थिति रहेको थियो भने प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि र विशिष्ट अतिथिले प्रमाण पत्र वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here