कोइरालाको साहित्यिक अराजकतामाथि ‘डिस्कसन’

0
16

रश्मिशेखर सुबेदी
बिर्तामोड ।

झापाको भद्रपुरमा एक बृहत् साहित्यिक, साँस्कृतिक एवम् साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक बिकास मन्त्रालय कोशी प्रदेशको सहयोग र बिश्वेश्वर प्रसाद कोइराला स्मृति प्रतिष्ठान भद्रपुरको आयोजनामा भएको कार्यक्रममा दुई महत्वपूर्ण साहित्यिक बिमर्श भएका थिए ।

नेपाली साहित्यमा झापाली सर्जक बिषयमा समालोचक डा. गङ्गाप्रसाद अधिकारी, कथाकार पुण्यप्रसाद खरेल डा. रत्नमणि नेपालले प्यानल डिस्कसनको बक्ताका रूपमा भाग लिएका थिए । उक्त बिमर्शको सहजीकरण लीला अनमोलले गरेकी थिइन् । बिमर्शले जन्म, कर्म र योगदानको आधारमा सर्जक कुन भूगोलको हुने भन्ने नयाँ प्रश्न उठाएको छ ।

साहित्यिक बिमर्शको अर्को बिषय नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइराला रहेको थियो । प्राध्यापक समालोचक कविराज नेउपाने, प्राज्ञ मुनाराज शेर्मा र समालोचक लेखनाथ भट्टराईले प्यानल डिस्कसनमा वक्ताको रुपमा भाग लिएका थिए । प्राज्ञ बिवश पोखरेलको सहजीकरणमा सम्पन्न बिमर्शमा कोइरालाको साहित्यिक अराजकतामाथि बहस र साहित्यिक चेत, दृष्टिकोण र योगदानको बारेमा चर्चा गरिएको थियो ।

कार्यक्रममा बिरही अधिकारी, केशव आचार्य, गोकुल अधिकारी, कृष्ण बराल, तुलसीराम खरेल, मिलनकुमार ढुङ्गाना, अभागी थेगुवा, खगेन्द्रा खुशी, राजेश ढुङ्गाना, कुमार भट्टराई, अनिता राजबंशी, नमूना दहाल लगायतले कविता वाचन गरेका थिए । कार्यक्रममा अर्जुन खरेल र अनिता पौडेलले गीत र बालकार सुहाना तामाङ र तृष्णा शर्माले नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष गोबिन्द लम्सालको सभापतित्व र समालोचक गिरिराज आचार्यको आतिथ्य रहेको कार्यक्रममा प्राज्ञ हरि पौडेल, राम कट्टेल, कृष्ण हुमागाँई, भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव देबेन्द्र गौतम र लता खरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here