‘समाज परिवर्तनका लागि अभियान’ नामक संस्था दर्ता भएपछि सम्भावनाले पहिलो बैठकको आयोजना गरिन् । आयोजित बैठकले समुदायलाई प्रभाव पार्ने विषयवस्तुको छनौट गर्न व्यापक रुपमा छलफल ग¥यो । विषयवस्तु थियो समाज शिक्षित मात्र बनाउने वा दीक्षित पनि । शिक्षित र दीक्षित शब्दको चिरफारसहित विश्लेषण गरियो । शिक्षित शब्दले केबल पढे–लेखेको, जान्ने–सुन्ने, तालिम लिएको विद्वानमा मात्र सिमित हुने हो । तर, दीक्षित शब्दले भने कुनै पनि कार्यलाई महायज्ञका रुपमा लिइ संकल्पपूर्वक पूर्णता दिने भन्ने निष्कर्ष आयो । यसअर्थमा पहिलो शर्तका रुपमा आजको समाजलाई शिक्षित मात्र होइन दीक्षित नै बनाउनु पर्दछ, भन्ने निष्कर्ष निकालियो । यसका लागि समाजको मूल्य–मान्यता, कर्तव्य र व्यवहारका ढाँचाहरुलाई बुझ्नु र बुझाउनु पर्दछ । संकल्पका साथ कार्य गर्नु पर्दछ । ताकी थालिएका कार्यलाई पूर्णता दिन सकियोस् । यी कार्यहरु हाम्रा लागि महायज्ञ नै किन नहुन् ।
समाजमा रहेका मानिसहरुलाई अभ्यासमूलक बनाएरै छाड्नु पर्दछ । जसले गर्दा उनीहरुमा आउने व्यवहारिक परिवर्तनले समाज परिवर्तनमा ठोस आकार लिन सकोस । साथै व्यक्तिहरुलाई समाजको स्थितिसँग सम्बन्धित पनि गराउन सकियोस् । यी कुरालाई संस्थाले मार्गदर्शकका रुपमा आत्मसात गर्नु पर्दछ । जब व्यक्तिले सामाजिक भूमिकालाई आत्मसात गर्दछ । त्यसपछि मात्र उसले सामाजिक संरचनाको निर्माणमा समेत भूमिका खेल्न सक्दछ भन्ने विश्वास उनीहरुमा थियो । उनीहरुले समाजलाई शान्तिपूर्ण मानव सम्बन्धका रुपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा पनि बहस चलाए ।
यसमा वक्ताका रुपमा आफूलाई पनि अवसर दिन अलखेले अनुरोध ग¥यो । अलखे एउटा मागी खाने फकिरको भूमिकामा रहे पनि उसले गरेको आँट देखेर समाज परिवर्तनका लागि अभियानमा लागेका स्वयम् अभियानकर्ता पनि चकित भए । तर, पनि उसलाई बोल्न दिनु पर्दछ भन्ने निष्कर्ष आयो । सोही अनुरुप अलखेलाई आप्mना विचार राख्ने अवसर प्रदान गरियो । उ समाजको जनजिब्रोमा अलखेको नामबाट परिचित थियो । उनले आफ्नो अवधारणा यसरी प्रस्तुत गरे :
उपस्थित अभियानका सभाध्यक्षज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि अन्य समाज रुपान्तरणका लागि अहोरात्र लागि पर्ने सम्पूर्ण मान्यजन पदाधिकारी तथा सदस्यहरु । अवसर दिनुभयो । साधुवाद तथा धन्यवाद । मैले लामो समयदेखि तपाईहरुले चलाइरुहेको अभियानलाई नजिकबाट हेरिरहेको छु । मलाई विश्वास छ, यही रुपमा अघि बढन सकेको अवस्थामा तपाईहरुले शुरुवात गरेकोे अभियानले सामाजिक रुपान्तरणमा सार्थक रुप लिनेछ । यसमा दुईमत नरहला । यसका बाबजुद अझै पनि समाजलाई प्रभाव पार्ने ठोस कदम चाल्नु पर्ने कुरा मैले देखेको छु, अन्यथा नलिइदिनु होला । हामीले सर्वप्रथम समाज भनेको मानिसहरुले समूह–समूह वा संगठित रुपमा रहेर बसोबास गरेको क्षेत्र हो भन्ने कुरालाई आत्मसात गर्नुपर्दछ । समूहगत रुपमा बसोबास गरेको सन्दर्भमा उनीहरुले अनेकौ प्रकृतिका नियमहरु समाजमा स्थापित गरेका हुन सक्छन् । जो लिखित र अलिखित दुबै प्रकृतिका हुन सक्छन् ।
यिनै नियमहरुको आधारमा मानिसहरुले सँगै बस्ने, सँगै खाने र सँगै रहन लागि उपयुक्त वातावरण सिर्जना गरेका हुन्छन् । जसलाई हामी समाज भन्दछौं । यसरी सिर्जना गरिएको वातावरणको सामाजिक अवस्थालाई हामीले भुल्नु हुँदैन । एक वा सोभन्दा बढी मानिसहरु रहेको समुदायले एकै प्रकारका रहनसहन, धर्म र संस्कृति नमानेका पनि हुन सक्छन् । तर, पनि समाज भनेको यस्तो स्थल हो जहाँ व्यक्ति व्यक्तिको बीचमा सम्बन्ध कायम गरी संगठित रुपमा रहेर सबैले सबैको धर्म र संस्कतिलाई एकअर्कामा स्वीकार गरेका हुन्छन् ।
समाजभित्र रहने मानिसहरुको बीचमा पारस्परिक मित्रता, सहयोग, सद्भावका साथै भावात्मक सम्बन्ध गाँसेका हुन्छन् । यति हुँदाहुदै पनि कतिपय अवस्थामा एकअर्कामा आपसी सम्बन्ध रहेता पनि केही मानिसहरुमा भने घृणा, लोभ र इष्र्याका कारणले सकरात्मक सोचभन्दा पनि नकरात्मक सोच लिएका हुन्छन् । यस अवस्थामा समाजमा भएका अधिकांश अलिखित नियमहरुका कारणले गर्दा उनीहरुले हाम्रो अभियानको लक्ष्यलाई उल्लंघन पनि गर्न सक्छन् । अपमान पनि गर्न सक्छन् । सर्वप्रथम यसतर्फ हामी सचेत रहनु पर्दछ । समाज आफैमा पनि एक प्रकारको संघ वा संगठन हो । जहाँ सहयोगी मनका धनी व्यक्तिहरु पनि हुन्छन् । उनीहरुका बीचमा भएका व्यवहारहरुको योगले हामीलाई हाम्रो अभियानमा ठूलो मद्दत पुग्दछ । यसकारण हाम्रो लक्ष्य ती मानिसहरुको समुदायमा पुग्ने हुनु पर्दछ । जहाँ सकरात्मक सोचका साथ हाम्रो अभियानलाई साथ दिने वर्ग होस । उक्त सोचका मानिसहरुको पहिचान गर्नका लागि समाजभित्रका रहेका केही तत्वहरुलाई अध्ययन गर्न सक्नु पर्दछ ।
उदाहरणका लागि समाजका चालचलन र परम्पराहरु, व्यक्तिले उपभोग गरिरहेका अधिकार र स्वतन्त्रताहरु, उनीहरु बीचमा भएको आपसी सहयोगको अवस्था र काम गर्ने तौरतरिकाहरु आदि जस्ता कुराको अध्ययन गर्नु पर्दछ । ताकी हाम्रो अभियानलाई अघि बढाउन साथ र सहयोग मिलोस अनि सहज पनि होस । एउटा मगन्ते भिख मगाहाको रुपमा परिचित अलखेको प्रस्तुतिले समतामूलक समाजको निर्माणका लागि सामाजिक विभेद र लैङ्गिक भेदभावका साथै छुवाछुतको अन्त्यका लागि गर्नुपर्ने कार्यहरुका सम्बन्धमा जुन तर्क र व्यवहारिक अभिव्यक्तिहरु प्रस्तुत ग¥यो । त्यसबाट सबै प्रभावित भए । उपस्थित अभियन्ता र स्वयम् आयोजक पक्ष समेत प्रभावित बन्न पुग्यो । यसप्रकारको कार्यक्रमबाट अझ विशेषगरी अलखेले उठाएका मुद्दाहरु र ती मुद्दाको किनारा लगाउन दिएका विकल्पहरु सबैका लागि प्रेरणाका स्रोत बन्न पुगे ।
कार्यक्रमको शुरुमा अलखे उठेर बोल्दै गर्दा समाजका अगुवा वर्गहरु खिल्ली उडाएर हाँसेका थिए । अलखेको सहनशिलता, धैर्यता र वाकपटुता र शक्तिले सबैको मन छोयो र जित्यो । कार्यक्रमको प्रकृति चरमबिन्दुमा प्रवेश गरेपछि सभा यति गम्भीर मोडमा पुग्यो । स्वयम् आयोजक पक्ष केही क्षण अल्मलिन पुग्यो । यसपछि विद्यालय परिसरमा उनीहरुले आफ्नो अभियानको कार्यक्रम प्रवेश गराए । विद्यालयमा बसाइ व्यवस्थापन, पठनपाठनको क्रममा गरिने सम्बोधन तथा व्यवहार र पाठ्यपुस्तकमा राखिएका विषयवस्तुले सामाजिक क्षेत्रमा पारेको प्रभाव आदि विषयमा छलफल गरियो । दलित, उत्पीडित र पिछडिएको वर्गमा गरिने लैङ्गिक तथा अन्य भेदभावको अन्त्य गर्न उनीहरुले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा विद्यार्थी समक्ष समतामूलक व्यबहार र सम्बोधन साथै यसको उपयोग सम्बन्धी अन्तरक्रियाको कार्यक्रमको आयोजना गरे ।
यो कार्यक्रममा अलखे जस्ता साधुसन्तदेखि सम्पूर्ण वर्गका अभिभावक समेतको उपस्थिति गराइयो । पढनु, पढाउनु, व्यक्तिगत सरसफाई र खानपान आदि जस्ता तत्वहरु सामाजिक प्रतिष्ठा र सभ्यताका परिचायक बस्तु हुन । यस्ता वस्तुमा समाजमा रहेका सम्पूर्ण बर्गले उचित ध्यान दिनु पर्दछ । अस्वस्थताका चिन्ह स्वरुप समाजमा भएका रोग, चिन्ता, पिर, रुग्णता र स्वास्थ्यका असर जस्ता पक्षबाट नै सामाजिक विभेद र विकृतिहरु जन्मन पुगेका हुन । जसले समाजका ठालु वर्गलाई अहम्वादी बनाएको छ । अतः यो अवस्थाबाट समाजलाई अलग्याउन शिक्षा र स्वास्थ्यमा परिवर्तन ल्याउनु अनिवार्य सर्त रहेको छ । यी विषयवस्तुमा प्रवेश गर्नु भनेको समाजमा हामीबीच रहेको कुसंस्कारमा परिवर्तन आउनु पर्दछ भन्ने हो । यो परिवर्तनमा कुनै स्वार्थ गाँसिएको हुनुहँुदैन भन्ने कुरामा सबैको एक मत रह्यो । त्यसैगरी दलित, उत्पीडित र पिछडिएको वर्गलाई समेटेर एउटा नेटवर्क तयार गरी जनजागरणका अभियान सञ्चालन गर्नु पर्दछ भन्ने सुझाव अलखेबाट आयो ।
गाउँका ठालु वर्गले दलित वर्गलाई पहिला आफूभित्र रहेको विभेदलाई अन्त्य गर्न चुनौति दिइरहेको अवस्थामा यो नेटवर्कको महत्त्व रहने भएकाले यसलाई प्रयोगमा ल्याउनु पर्दछ भन्ने भनाइमा पनि सबै सहमत भए । सामाजिक विभेदको अन्त्यका लागि आन्दोलन गर्ने आन्दोेलनका प्रणेता र र सामाजिक रुपमा परिवर्तन नचाहनेका बीचमा कसरी समन्वय गर्ने भन्ने कार्यक्रमको आवश्यकता भइरहेको सन्दर्भमा सामाजिक सञ्जालसँग सम्बन्धित नेटवर्कले अझ बढी सहयोगिको भूमिका निभाउने कुरामा शंका रहेन । तर, यसका लागि त्याग चाहियो । समाजिक एकता चाहियो । सद्भाव चाहियो । गरेर देखाउनु प¥यो । शिक्षाको क्षेत्रमा टाउकाले ढुङ्गा कुँदेर भए पनि आ–आफ्ना छोराछोरीलाई पढाउनु पर्दछ भन्ने सन्देश अभियानले दिनु पर्दछ भन्ने तर्क अलखेको रह्यो ।
त्यसैगरी चाहे सामाजिक क्षेत्रमा होस् वा विद्यालय परिसर कक्षाकोठामा होस् । आफूभन्दा तल्लो दर्जामा रहेका वर्ग ठानेर, हेपेर सम्बोधन गर्ने परम्परा छ । यसमा आमूल परिवर्तन गर्नुपर्दछ । प्रत्येक शिक्षक तथा विद्यार्थीले प्रत्येक शिक्षक तथा विद्यार्थीलाई एकआपसमा आदरार्थी शब्द प्रयोग गरेर सम्बोधन गरी बोलीबचन, व्यवहार र आचरणमा सुधार गर्नु पर्दछ । यसले समाजमा आत्मसम्मान र नैतिक बल प्रदान गर्न ठोस सहयोग पु¥याउँछ । यसरी शिक्षक विद्यार्थीबीचमा मात्र नभएर उपरोक्त शैलीको विकास समाजमा नै पुग्ने गरी विद्यालयले भूमिका खेल्न सक्नु पर्दछ । यसो गर्न सकिएको खण्डमा समाजमा रहेको विभेदपूर्ण अवस्थाको अन्त्य गर्न चाहने र नचाहने दुबै पक्षका बीचमा आत्मीयताको सम्बन्ध विकास हुन्छ । फलस्वरुप समाजमा एकआपसमा स्नेह, प्रेम र मायाममताको वातावरण सृजना हन्छ । जसले समतामूलक समाजको निर्माणमा सहयोग पुग्छ । समाजमा उपस्थित मानव जातिभित्र पनि खाल–खालका प्रकृति र प्रवृत्ति हुन्छन् ।
शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक र सामाजिक पक्षमा समेत सबल र दर्बल दुबै पक्षहरु समाजमा हुन्छन् । विभेदमा प्रभाव पार्ने यस प्रकारका तत्वलाई पहुँचवालाले कहिल्यै सम्झन र सोच्न सकेका हँुदैनन् । त्यसकारण तिनीहरुलाई पनि सोच्ने सम्झने वातावरण तयार गर्नु पर्दछ भन्ने कुरा अलखेले प्रष्टसँग त्यो कार्यक्रममा राख्यो । अलखेका यी भनाइमा कसैको कुनै बिमति रहेन । उसले भनेको कुराले सामाजिक रुपमा अपहेलित वर्गलाई विशेष प्रभाव पा¥यो । उसको तर्कबद्ध भनाइमा विशेष भरोसा गर्न सकिन्थ्यो । अलखेको यसप्रकारका भनाइबाट समाजमा ‘तँ भन्दा म के कम’ भन्ने भावनाबाट पे्ररित बर्गलाई आफू कति अज्ञानी, अविद्या, असभ्य, घमण्डी, शेखी, र अहङ्कारयुक्त रहेछु भन्ने कुराको महशुस गरायो । एउटा कुरुप अनुहार मगन्तेको भूमिकामा रहेको अलखेले उनीहरुको सामजिक बिभेदको विकृतियुक्त घैँटोमा प्रकाशको ज्योति छरेर उज्यालो बनाउने काम ग¥यो ।
सामाजिक विभेद र समतामूलक विषयको अन्तरक्रिया कार्यक्रमलाई सहयोग पु¥याउन ठोस भूमिका खेले वापत अलखेलाई तत्कालेै संभावनाले आफ्नो संस्थाको सक्रिय आजीवन सदस्यको रुपमा आमन्त्रित गरिन् । यसलाई सर्वसम्मत रुपमा निर्णय गरियो । यसबाट अलखे पनि मगन्ते मण्डलीको सिमित घेराबाट माथि उठेर एउटा अलौकिक पुजारीको रुपमा मान्यता प्राप्त गर्दै सामाजिक क्षेत्रमा रहेको एउटा प्रतिष्ठित संस्थाको सक्रिय आजीवन सदस्य बन्न पुग्यो । सदस्यता घोषणा गर्दा उसलाई अलखनन्दन पुजारीको नामाकरणबाट गरियो ।
आजबाट सामाजिक जनजीब्रोमा रहेको अलखेबाट अलखनन्दनमा रुपान्तरण भयो । यसबाट विद्यालय परिसरमा भएका स–साना बालबालिकाको बीचबाट नारा लाग्न थाल्यो । अलखनन्दन ! जिन्दावाद ! जिन्दावाद ! अलखनन्दन पुजारी ! जिन्दावाद ! जिन्दावाद ! बालकका बीचमा समीप्यता राखेर अलखेले आप्mनो पहिचान बनाएको थियो । यो पहिचान निर्माण गर्ने मुख्य माध्यम भनेको उसले बालकदेखि वृद्धसम्मका बीचमा प्रयोग गर्ने गरेका आदरार्थी शब्द नै थिए । शुरुका दिनमा मगन्ते अलखेलाई देख्ता ढुङ्गामुढा गर्ने बालबालिकाले पनि प्रमाणित गरेर देखाए । अलखनन्दन जिन्दावाद भनेर ।