तिमीले पर्खिनु छ

0
11

अमित संग्रौला,

यो पर्खाइ त हो
कति कठिन हुन्छ
तिमीले पर्खदा–पर्खदै गर्दा
तिमीलाई भेट्न म आउने छु ।

उत्सवमा चराहरुले गीत गाउनेछ
कोपिलामा रङ्ग चढेपछि
फुलहरु मुस्कुराउनेछ
त्यो दिन जब
तिम्रो र मेरो भेट हुनेछ ।

पर्खनु त कति पीडा छ
कति कष्ट झेल्नु पर्नेछ
यो समय पर्खनु बाहेक
अरु उपाय छैन
यो बर्खाको झरी देख्दा पनि
उदास लाग्न सक्छ तिमीलाई ।

धर्य गर, प्रतिक्षा गर
एउटा प्रेमीले
आफ्नो प्रेमिकालाई पर्खिरहेको छ
बर्षांैदेखिको पर्खाइपछि त्यो मिठो क्षण
कति आनन्दित हुन्छ ।

प्रतिक्षा गर्नु त प्रेम गर्नु हो
माया गर्नु हो, विश्वास गर्नु हो
यो चलिरहेको बतास
यो दर्किरहेको पानी यो फूलहरु
तिमीलाई याद गरिरहेको छ
विश्वास राख
म एकदिन अवश्य आउनेछु
यो समय तिमीले पर्खनुछ ।
बिर्तामोड, झापा (हाल मलेसिया)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here