कोशी प्रदेश सभा सुशासन तथा योजना समितिले गर्यो यातायात कार्यालय विर्तामोडको अनुगमन

0
162

विमल दहाल/विर्तामोड ।

कोशी प्रदेश सभा सुशासन तथा योजना समितिले यातायात व्यवस्था कार्यालय विर्तामोडको आईतवार स्थलगत अनुगमन र सरोकारवालाहरु संग अन्तरक्रिया गरेको छ ।

यातायात व्यवस्था कार्यालय अन्तरगत सुशासन, पारदर्शिता, जवाफदेयिता र उत्तरदायी संयन्त्रको विषयमा सरोकारवाालासंग अन्तरक्रिया गरेको हो । कोशी प्रदेश सभा सुशासन तथा योजना समितिका सदस्यहरु माननीय सांसदहरु मिना श्रेष्ठ, मालती सुब्बा, कमल दर्नाल, इन्दिरा थापा, लखि गणेश, राधाकृष्ण खनाल, भूमि राजवंशी, ट्राफिक कार्यालयका झापाका प्रमुख नवराज न्यौपाने, प्रतिनिधि लगायतले कार्यालयको वर्तमान अबस्थाका वारेमा जानकारी लिनुभएको थियो ।

अनुगमन टोलीलाई यातायात ब्यवस्था कार्यालय विर्तामोडका प्रमुख बावुराम शर्मा लुईटेलले कार्यालयका समस्या र चुनौतीका वारेमा जानकारी गराउनु भएको थियो । प्रमुख लुईटेलले कार्यालयमा सकर्मचारी दरबन्दी अनुसार नभएको, २७ लाख लाईसेन्स कार्ड प्रिन्ट नभएर तीन बर्ष अघि देखि निवेदन दिने सेवाग्राहीलाई कार्ड दिन नसकिएको, विर्तामोड कार्यालय अन्तरगत चालु आर्थिक बर्षको जेठ मसान्तब सम्म ९० लाख ७० हजार राजश्व संकलन रहेको, गाडी जाँचपास १०,२६३ वटा, रुट इजाजत ४८३ बटा र गाडी दर्ता ९,५४२ वटा रहेको लगायत कार्यालयका गतिविधिका वारेमा जानकारी दिनुभएको थियो ।

संसदीय समितिले यातायात ब्यवस्था कार्यालय सुनसरी, उदयपुर र धनकुटाको समेत अमुगमन गर्ने टोलीका सदस्य माननीय राधाकृष्ण खनालले जानकारी दिनुभयो । यसैबीच समितिले जिल्ला प्रशासन कार्यालय झापामा समेत सुशासन तथा योजना सम्बन्धी अन्तरक्रिया गरेको यातायात ब्यवस्था कार्यालय विर्तामोडका प्रमुख लुईटेलले जानकारी दिनुभएको छ ।

कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम १३१ बमोजिम प्रदेश सभाका विषयगत समितिहरु र समितिका कार्यक्षेत्र तोकिएका छन । सभा अन्तरगत ७ वटा विषयगत समिति रहेका छन । जसमा सुशासन तथा योजना समिति, न्याय, प्रशासन तथा विधायन समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग, पर्यटन तथा वातावरण समिति र प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समिति रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here