झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ

0
390

झापा ।

झापाको गौरीगञ्जमा लागूऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् ।

गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिवारीस्थित हुलाकी राजमार्गमा प्रहरी चौकी कुञ्जीवारिबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–१ का ३० वर्षीय उद्धव भट्टराई र दमक नगरपालिका–५ का २६ वर्षीय इन्द्रप्रसाद तिम्सिनालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई शङ्का लागी चेकजाँच गर्दा उद्धवले लगाएको जुत्ताभित्र लुकाई छिपाई राखेको ब्राउन सुगर ६ ग्राम ७३० मिलिग्राम फेला परेको थियो ।

दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here