समुदायमा अदालत कार्यक्रम

0
19

गौरादह ।

गौरादह नगरपालिकामा समुदायमा अदालत कार्यक्रम सम्पन्न भएको छ ।

झापा जिल्ला अदालतका माननीय प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको प्रमूख आथित्यमा मंगलवार गौरादह नगरपालिकामा समुदायमा अदालत (Judical Outreach) कार्यक्रम सम्पन्न भएको हो ।

न्यायिक प्रक्रियामा नागरिकको पहुँच अभिवृद्धिका लागी झापा जिल्ला अदालतबाट (Judical Outreach) कार्यक्रम संचालन गरिएको हो । न्यायमा पहुँच बढाउन झापाको गौरादह नगरपालिकामा कार्यक्रम आयोजना गरिएको बतइएको हो ।

झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश बस्नेतले अदालतले प्रवाह गर्ने सेवा, सेवा प्रवाहको प्रक्रिया, निःशुल्क कानूनी सहायता, एस एम एस सेवा, अनलाइन तारेख, अदालतबाट एक घण्टाभित्र प्रवाह हुने सेवा, मुस्कान सहितको सेवा प्रवाह, मेलमिलाप आदी बारेमा सहभागिलाई जानकारी गराउनु भएको थियो ।

अदालतसंगको समुदायको दोहोरो सम्वाद कार्यक्रमले अदालत प्रतिको भ्रम हटाउन महत्वपुर्ण भुमिका खेलेको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले बताए । त्यस्तै अदालतबाट हुने सेवा प्रवाह र प्रकृया बारे समुदाय सुसुचित भइ न्यायमा पहुँच बढ्ने उपप्रमुख जलबर्षा राजबंशी बताइन् ।

यस्ता कार्यक्रमले सेवाग्राही र अदालत बिच सम्बनध सुमधुरहुने भएकोले कार्यसम्पादानमा सहजहुने प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडाले बताए । अदालतबाट समुदायले गरेको अपेक्षा बुझ्ने र अदालत प्रतिको भ्रम निवारण गरी अदालत प्रति जनविश्वास अभिवृद्धि गर्ने लक्ष्यका साथ “समुदायमा अदालत“ कार्यक्रम गरिएको भनि झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेतले बताए ।

कार्यक्रममा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र झापा संयोजक संगिता थापा, चेतराज बिष्ट, अदालतबाट नायब सुब्बा सागर बुढाथोकी समेतको उपस्थिति रहेको थियो । न्यायाधीश संगै बसेर न्यायपालिकाका बिषयमा समस्या र गुनासा राखी न्याय प्रणालीलाई सहभागी मार्फत अभिभावक सम्म पु¥याउने लक्ष्यका साथ सहभागीका अदालत प्रतिको जिज्ञासा र गुनासा सुनी अन्तर संवाद समेत गरिएको थियो ।

कार्यक्रममा गौरादह नगरपालिकाका बिभिन्न वडाका मेलमिलाप कर्ता लगायतका ५० जना भन्दा बढी सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here