गोमन सर्पले डस्दा झापामा बालिकाको मृत्यु

0
154

झापा ।

झापाको कचनकवल गाउँपालिका–३ गंगाबस्तीमा विषालु सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ ।

कचनकवल–३ गंगाबस्ती बस्ने हरिप्रसाद राजवंशीकी १२ वर्षीया मनिषा राजवंशीलाई आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा कालो गोमन सर्पले टोकेको थियो ।

बालिकालाई बनियानी सर्प दंश उपचार केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्वर्णिम शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत ती बालिका परीक्षाको तयारीका लागि टेबल निकालेर पढ्न लागेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here