बाह्रदशी उद्योग वाणिज्य संघमा पुनः खगेन्द्रवहादुर कार्की

0
9

झापा,। बाह्रदशी उद्योग वाणिज्य संघको अध्यक्षमा पुन ः खगेन्द्रवहादुर कार्की चयन भएका छन् । संघको दोस्रो अधिवेशनबाट कार्की पुनः अध्यक्षमा चयन भएका हुन् ।
बाह्रदशी गाउँपालिकामा रहेका व्यवसायीहरुले २०७२ सालमा कार्कीको अध्यक्षतामा उद्योग वाणिज्यसंघ स्थापना गरेका थिए । संस्थापक अध्यक्ष समेत रहेका कार्की दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा सर्बसम्वत चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा रेणुका भुर्तेल, सचिवमा जयनारायण आचार्य र कोषाध्यक्षमा कृष्ण थापा चयन भएका हुन् ।
समितिको सदस्यमा पदम गिरी, लोकनाथ संग्रौला, जयवहादुर वुढाथोकी, सुशीला राजवंशी, धर्म उप्रेती, दुर्गा राउत, गायत्री कुमारी साह, डम्बर राज थापा र टंक वहादुर रसाइली रहेका छन् ।
प्रमुख अतिथि समेत रहेका बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाई, उपाध्यक्ष शान्ता देवी शिवाकोटी खरेल, बाह्रदशी गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष टंक साह,नेकपा एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटा, राजगढ सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष रामप्रसाद दुलाल, सामाजिक व्यक्ति प्रेम घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
घनेन्द्र ढकालको संयोजकत्वमा गठित निर्वाचन समितिले पदाधिकारीको नाम घोषणा गरेको थियो । निर्वाचन समितिमा सिताराम बराल, डम्वर राज थापा रहेका थिए । बाह्रदशी उद्योग वाणिज्य संघमा २४० व्यवसायी आवद्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here