नेपाल चलचित्र निर्माता संघको केन्द्रिय सदस्यमा झापाका युवराज गिरी मनोनित

0
40

झापा ।

नेपाल चलचित्र निर्माता संघको केन्द्रिय सदस्यमा झापाका चलचित्र निर्माता युवराज गिरी मनोनित भएका छन् । निर्माता गिरीलाई संघको गत जेठ १४ गतेको बैंठकले केन्द्रिय सदस्यमा मनोनित गरेको थियो । गिरीसँगै राजेन्द्र त्रिपाठीलाई पनि संघले केन्द्रिय सदस्यमा बैंठकले मनोनित गरेको थियो ।

संघका अध्यक्ष नवल खड्काले मनोनीत गिरी र त्रिपाठीलाई आज (बुधवार) काठमाडौंस्थित संघको कार्यालय गहना पोखरीमा पदभार तथा सपथग्रहण गराएका हुन् ।

संघका अध्यक्ष नवल खड्काको अध्यक्षतामा भएको पदभार तथा सपथग्रहण कार्यक्रममा चलचित्र निर्माता, कलाकार, चलचित्रकर्मीलगायतको आतिथ्य रहेको थियो ।

संघको अध्यक्षमा नवल खड्का, निबर्तमान अध्यक्ष आकाश अधिकारी, बरिष्ठ उपाध्यक्ष उदयकुमार इङनाम, द्धितीय उपाध्यक्ष दिपेन्द्र के खनाल, महासचिव सुनिलकुमार थापा, सचिव किशन पोखरेल, कोषाध्यक्ष ज्योतिराज राई छन् । संघको प्रथम उपाध्यक्ष संघको आगामी बैंठकले मनोनित गर्ने बताइएको छ ।

त्यस्तै संघको कार्य समिति सदस्यमा किरण नेपाल, रामबाबु गुरुङ, खगेन्द्रप्रसाद लामिछाने, माहोत्से गुरुङ, शेखर लामा, दिपशिखा खड्का, दीपकराज गिरी, रबिन्द्रसिंह बानिया, कृषा चौलागाई, रौनकबिक्रम कडेल, र हरिबहादुर मल्ल ठकुरी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here