असार मसान्त नामको असुली आतंक रोक्न नेकपा झापाको चेतावनी 

0
9
झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले असार मसान्तको नाममा बैंक, बित्तिय संस्था र मिटरब्याजी समेतले उद्योगी, ब्यवसायी र श्रमजिवी जनतालाई हदै सम्मको दुख दिन थालेपछी आज चेतावनी सहितको प्रेस बिज्ञप्ति जारी गरेको छ ।

पार्टिका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी र पार्टी सचिब संजय सी द्वारा जारी विज्ञप्तिमा देश आर्थिक रुपमा गंभिर संकटमा फसेको, राज्य स्वयमले पुंजिगत खर्चको भुक्तानी दिन नसकेको, व्यापार घाटा बढेको , उद्योग ब्यवसाय चौपट भएको र यस्तो बेला बैंकहरुले नागरिकहरु बिरुद्ध बाँच्न पाउने हक समेत खोस्ने गरि गरेको हर्कतको बिरोध गरिएको छ । बिज्ञप्तिमा उद्योगी ब्यवसायीहरु लाई दुख नदिन चेतावनी दिइएको छ ।
बिज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here