गौरीगञ्जमा खोलाले बगाउदा एक बालक बेपत्ता

0
24

झापा ।

झापाको गौरीगञ्जमा खोलाले बगाउदा एक बालक बेपत्ता भएका छन् ।

गौरीगञ्ज–१ स्थित बनियाँनी खोलाले बगाउँदा सोही ठाँउका १३ वर्षीय मिलन विक वेपत्ता भएको प्रहरीले जनाएको छ ।

गौरीगञ्ज गाउँपालिका–१ का वडाध्यक्ष कार्तितलाल राजवंशीका अनुसार हिजो साँझ साथीहरुसंग खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको हो ।

खोलाले बगाए लगत्तै उनको सशस्त्र प्रहरी, जनपथप्रहरी र स्थानीयले खोजी शुरु गरेपनि हालसम्म फेला पार्न नसकेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here