शिवसताक्षीमा ब्राउनसुगरसहित एक जना पक्राउ

0
35

बिर्तामोड । 

झापाको शिवसताक्षीबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–१० का २६ वर्षीय प्रदिप तामाङ रहेका छन् ।

गोप्य सुचनाको आधारमा उनको घर पुगेको प्रहरी टोलीले खानतलासी गर्दा घरभित्र लुकाई राखेको अवस्थामा दुई ग्राम ८७ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । ब्राउन सुगरसहित प्रहरीले २० हजार चार सय २० रुपैंया नगदसमेत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ब्राउन सुगरसहित पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here