१४ जुवाडे पक्राउ

0
23

काठमाडौं ।

प्रहरीले काठमाण्डौंका विभिन्न स्थानबाट १४ जना जुवाडेलाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–५ किसिपिडी डेरा गरी बस्ने बिनोद तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार पाँच सय ५० रूपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।

यता काठमाडौं महानगरपालिका–१५ स्वयम्भू भगवाँनपाउ डेरा गरी बस्ने काभ्रे तेमाल गाउँपालिका–६ घर भएका ५० वर्षीय वाच्छु तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङसहित सात ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ६ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here