एसइई परीक्षा : मोहनमायाको नतिजा उत्कृष्ट

0
1381

झापा । मोहनमाया माध्यमिक विद्यालयले २०८० को एसइई परीक्षामा ३.२० माथिको जिपिएमा ९२ जना विद्यार्थी उत्तीर्ण गराउँदै जिल्लाकै सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराएको दावी गरेको छ ।
विद्यालयले ६२.५ प्रतिशत विद्यार्थीले ३.२० जिपिएभन्दा माथि नतिजा ल्याउँदै प्रथम भएको दावी गरेको हो । ३.६०भन्दा माथि जिपिए आउने विद्यार्थीको संख्या २४.४९ प्रतिशत रहेको र यो नतिजासमेत जिल्लामा प्रथम हुन सक्ने दावी गरिएको छ । ३.२ भन्दा माथि तर्फ सामुदायिक विद्यालय तर्फ नेपालभरमा पहिलो हुन सक्ने विद्यालयका प्रधानाध्यापक शेर वहादुर श्रेष्ठको दावी छ ।


मोहनमायामा अध्ययनरत् विद्यार्थीमध्ये ३.६० देखि ४ जिपिए ल्याउने ३६ जना, ३.२० देखि ३.६० ल्याउने ५६ जना, २.८० देखि ३.२० ल्याउने २३ जना र २.४० देखि २.८० ल्याउने ७ जना छन् । ननगे्रडिङका विद्यार्थी २५ जना रहेको र त्यसमध्ये ग्रेडवृद्धिमा २० जना सहभागी हुने बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here