दाङमा तीन लाख बिरुवा तयार, निःशुल्क वितरण गरिने

0
7

घोराही (दाङ),

डिभिजन वन कार्यालय दाङले तीन लाख बिरुवा तयार गरेको छ । तयार पारिएका बिरुवा कार्यालयले निःशुल्क वितरण गर्ने भएको छ ।

राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा शुक्रबारदेखि जिल्लामा बिरुवा रोप्ने कार्य थालिएको छ । ‘भावी सन्तति र समृद्धिका लागि वृक्षरोपण गरौँ’ नाराका साथ डिभिजन वन कार्यालयले घोराही उपमहानगरपालिका–४ सुनपुरस्थित सुनपुर सामुदायिक वनको खाली क्षेत्रमा वृक्षरोपण गरी सो कार्यको थालनी गरेको हो ।

सुनपुर सामुदायिक वनको खाली रहेको करिब एक हेक्टर वनमा ‘अर्जुन’ प्रजातिका एक सय बिरुवा रोपण गरी वृक्षरोपण थालिएको सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यस वर्ष डिभिजन वन कार्यालय घोराहीअन्तर्गतका पाँचवटा नर्सरीमा झण्डै तीन लाख बिरुवा उत्पादन गरिएको हो ।

जडीबुटी, वनजन्य र सौन्दर्यजन्य बिरुवा तयार गरिएको र असार अन्मित हप्तादेखि निःशुल्करुपमा वितरण गरिने वन अधिकृत श्रेष्ठले बताउनुभयो । यस वर्ष राष्ट्रिय वन, सामुदायिक वन, निजी वन र उपभोक्तालाई आफ्नो खाली जग्गामा बिरुवा रोप्न आग्रह गरिएको उहाँको भनाइ छ । नदी उकास क्षेत्रमा समेत वृक्षरोपण गर्ने लक्ष्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here